19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बौद्धिक मुर्खता

कविता रुपेश राई August 6, 2010, 11:28 am

(शान्त... लाग्थ्यो ‘भानु’, उभिएका जे. बी पार्क)

‘शान्ति’ हाँस्दै ‘गौरव’ आलिङ्गन्मा बाँधिदा

गुन्द्री बजार डल्लिएर

पार्क नाच्थ्यो रे...।

आज, ‘ओरियन्ट’ हिड़्न नसकेर

उकालोमा, ‘चोक बजार’ गाँजे जस्तो लाग्छ।

आज, ‘ओरियन्ट’ उकालोमा...

हतार मुटु बाहिरिएर

आफैलाई उफार्दै खुट्टाहरू, भिड़ च्यात्न

खोज्छदा, ८६ छोपे जस्तो लाग्छ।

हतार मुटु बाहिरिएर...

समय हाम्रो हो...

जुलुसहरू कराउँछन् मैन बत्ति जलेर

साँझको पूल्ठो बलेर।

समय हाम्रो हो...

तर, “अक्षर’हरू ‘कलम’मा बल्न सकेनन्।‘

खोइ, के भो..!!

हिजो बौद्धिक कराउने डाँड़ामा

‘पान्तेसा’ कराए जस्तो सुन्छु।

हिजो बौद्धिक कराउने डाँड़ामा...

तपाईँहरू सुन्नुहुँदैछ...??

तपाईँहरू...

‘डाँड़ा’ झरेर ‘तराई’ कराउँछ

‘तराई’ चड़ेर ‘कछाड़’ कराउँछ,

‘शहर’ पड़्रकेर ‘गाउँ’ सोह्रिन्छ

‘गाउँ’ सोहरिएर ‘शहर’ भरिन्छ।

क्रमश:

(पदयात्रामा आक्रोश ‘दिमाग’ गलाउँछ ‘बौद्धिक मुर्खता’)

दार्जिलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।