19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दीपक बस्याल August 7, 2010, 1:11 pm

महलकी रानी संगै शहर घुम्ने भाग्य कहाँ?

म धर्ति को धुलो उस्को अधर चुम्ने भाग्य कहाँ?

बरु विषै पिउन हुन्थ्यो चाहिदैन अमृत प्याला

लट्ठीएर आलिंगनमा संगै झुम्ने भाग्य कहाँ?

आकाशिदो भाउ वहाँ, गरिबीको घाउ यहाँ

बसी मण्डपमा संगै चरु हुम्ने भाग्य कहाँ?

आफू लुटाई ज्योति छुटाई खुसि हुनु दीपक धर्म

लर्के जोवन लाली योवन सँगै गुम्ने भाग्य कहाँ?

नवलपरासी, हाल: न्यु मेक्सिको, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।