18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हस्त गौतम मृदुल August 8, 2010, 8:56 pm

पूर्णिमाको जूनले पनि दिन छाड्यो शितल

सुनौलो बिहानी सुन भन्थे रैछत नि पितल

के के नै परिवर्तन हुन्छ भनि बलिदान गरे

आज तिनै महान शहिदहरु ओझेलमा परे

न त पायौ सुख शान्ति न त संकट टर्यो

बोटमा लाग्यो फुल जति फल नलाइ झर्यो

देउरालीको पानी पनि हुन छाड्यो शितल

सुनौलो बिहानी सुन भन्थे रै'छ त नि पितल

शुरक्षित छैन जीवन यो अनि देशको माटो

गन्तब्य पनि गौण भयो छैन नि हिँड्ने बाटो

बिधिको शासन चल्ने छैन अब कुनै छाँट

जस्लाई जति बिश्वास गरयौ रै'छन ति ढाँट

चौतारीको पिपलबोटले दिनै छाडयो शितल

सुनौलो बिहानी सुन भन्थे रै'छ त नि पितल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।