छारो उड्न थाल्यो अरे, आङ कनायौ कि ?
नाकै थुन्न पर्ने भो रे, तिमी गनायौ कि ?
न बनायौ , न सघायौ , पर्छ ओतिनु त
भत्काएर आफ्नै घर ,जात जनायौ कि ?
च्याँखे थापी मनहरु, कस्तो पन जित्यौ
खुशी भनी कतै फेरि, शोक मनायौ कि ?
बलिर'छ शान मान, नहोस् खरानी त्यो
निभाउछु भन्दै अझै, तेल खनायौ कि ?
आत्मा साक्षी राखी हेर, एक चोटी तिमी
तिखारेर कलममा, धार बनायौ कि ?