१. कृतिपरिचय
नेपाली कविताको इतिहासमा अहिलेसम्म व्यक्ति कविका प्रशस्तै कविता सङ्ग्रहहरू छापिएका छन् भने बेलाबेला केही मात्रामा समूह कविका कविताहरूको सँगालो पनि प्रकाशित भएका छन् । खास कालखण्डका विभिन्न कविहरूका कविता सङ्कलन गरी एकीकृत रूपमा प्रकाशित गर्नु अत्यन्त महत्वपूर्ण कार्य हो । विनाआग्रह राम्ररी तयार पारिएका यस्ता सङ्कलनले त्यस कालखण्डका कवि र कविताबारे प्रतिनिधिमूलक जानकारी लिन पर्याप्त सहयोग पु¥याउँछ । नेपालबाट यस्ता नेपाली कविताको सङ्ग्रह थुप्रै छापिएको पाइए पनि विदेशबाट कमै छापिएका देखिन्छन् । यस सन्दर्भमा उत्तर अमेरिकाका नेपाली कवि र कविता शीर्षक प्रस्तुत कविता सङ्ग्रहको प्रकाशन सराहनीय कार्य हो । तारानाथ शर्माको प्रधान सम्पादन तथा गोविन्दसिंह रावत, वसन्त श्रेष्ठ, वासु श्रेष्ठ र हेमन्त श्रेष्ठको सम्पादनमा तयार पारिएको प्रस्तुत कृति नेपालका विभिन्न भागबाट विभिन्न समय र सन्दर्भमा अमेरिका र क्यानडामा गई बसोबास गरिरहेका पचासजना नेपाली कविका ९४ कविताहरूको स“गालो हो । यसमा केही कविका एकएकवटा र धेरजसो कविका दुईदुईवटा कविता सङ्कलित छन् । एघारजना नारी कवि र उनन्चालीसजना पुरुष कविका कविताहरू समाविष्ट यस सङ्ग्रहमा सङ्ख्यात्मक दृष्टिले पुरुष कविको भन्दा नारी कविको सङ्ख्या कम भए पनि विदेशी भूमिमा रहेको यस सङ्ख्यालाई उल्लेख्य मान्नुपर्छ ।
यस कृतिमा केही गीत, गजल र छन्दोबद्ध कविता तथा धेरै सङ्ख्यामा गद्यकविता सङ्कलित छन् । यसमा सङ्कलित गीतमध्ये केहीलाई खास शीर्षकीकरणका साथ र केहीलाई गीत शीर्षक दिएर प्रस्तुत गरिएको छ । यीमध्ये केहीलाई अलि बढी लम्ब्याएर गीतको धर्म निर्वाह नगरिएको पाइए पनि धेरजसो गीतकै ढाँचामा आबद्ध छन् । यसमा समाविष्ट प्रेम र प्रेमेतर विषयवस्तुमा संरचित गजलहरू पनि गजल शीर्षक दिएर प्रस्तुत गरिएको छ । यसभित्र शार्दूलविक्रीडित, अनुष्टुप् आदि शास्त्रीय छन्दमा आबद्ध गरिएका केही कविता पनि सङ्कलित छन् र तिनमा सामान्यतया छन्दको शास्त्रीय परिपाटीको अनुसरण गरिएको छ । यसमा लोकछन्द झ्याउरेमा संरचित केही रचनाहरू पनि सङ्कलित छन् । यीबाहेक यसमा सङ्कलित धेरजसो रचनाहरू छन्दमुक्त गद्यकविताका रूपमा रहेका छन् ।
यसमा समाविष्ट कविताको विन्यास वरिष्ठ–कनिष्ठका क्रममा नगरी कवि नामको वर्णानुक्रममा गरिएको छ । कविको वरिष्ठता–कनिष्ठता उमेरले नभई कवितासिर्जन समयले निक्र्याैल गर्ने हुँदा सबैका प्रथम प्रकाशित रचनाबारे जानकारी प्राप्त गर्नु आवश्यक हुन्छ र त्यो काम त्यति सहज हु“दैन । त्यसमा पनि त्यति ठूलो मुलुकमा छरिएर रहेका कविबारे यसप्रकारको जानकारी लिन झनै कठिन हुन्छ । यसर्थ वरिष्ठ–कनिष्ठ छुट्ट्याउन असहज परिस्थितिमा कसैले सोझै औंलो ठड्याउन नसक्ने वैज्ञानिक पद्धतिमध्येकै एक वर्णानुक्रम पद्धतिको अनुसरण गरी कविता विन्यास गर्नु उपयुक्त देखिन्छ ।
यसमा सङ्कलित प्रत्येक कविताको सुरुमा सचित्र कविको सङ्क्षिप्त परिचय दिइएको छ । धेरजसोको यताको परिचय अलि बढी र उताको ज्यादै कम छ, तिनको उता परिचय बनी नसकेकाले वा परिचय बनाउन बा“की नै रहेकाले त्यसलाई अनुपयुक्त मान्न सकिन्न । यसमा दिइएको परिचयलाई हेर्दा सबैजसो कविहरू उच्चशिक्षित छन् र तिनमा कतिपय कविहरू त्यहा“का कामको विवरणसमेत दिनसक्ने गरी सम्मानित जीवन बिताइरहेका देखिन्छन् भने कतिपय परिचय दिन नमिल्ने गरी काम गरेर बा“चिरहेका देखिन्छन् । यसप्रकारले कविबारे सङ्क्षेपमै भए पनि उता र यता दुवैतिरको परिचय समावेश गर्नु उल्लेख्य पक्ष हो । परिचयका साथ राखिएको कविको तस्बिरले कृतिलाई थप आकर्षक र प्रभावकारी तुल्याएको छ । यति भएर पनि कविहरूको परिचय दियाइमा एकरूपताको अभाव भने अलि खड्कन्छ । कतिपय नारीकवि मात्र होइन पुरुषकविको पनि जन्ममितिसमेत दिइएको छैन । यसमा समाविष्ट सबै कविहरू नेपालमै जन्मी, हुर्की, बढी, पढी उता गएका र तिनीहरू विक्रम सम्वत्मै जन्मिएका भए तापनि तिनको जन्ममितिसमेत सन्मा दिनु त्यति उपयुक्त देखिन्न । यसप्रकारको प्रस्तुतिले कवितामा अभिव्यञ्जित नेपालप्रतिको मोह, राष्ट्रभक्ति र देशप्रेमको भावनालाई अलि फिका तुल्याएको छ ।
२. कृतिविश्लेषण
उत्तर अमेरिकाका नेपाली कवि र कविता शीर्षक प्रस्तुत कृति नेपालका विभिन्न भागबाट विभिन्न समयमा अमेरिकाको विभिन्न भागमा गई विभिन्न ढङ्गले जीविकोपार्जन गरिरहेका विभिन्न नेपाली कविहरूका विभिन्न प्रवृत्तियुक्त कविताको सँगालो हो । यस सङ्ग्रहमा पुस्तकाकार रूपमा कविताकृति प्रकाशित भइसकेका, हुने तरखरमा रहेका र नभएका÷फुटकर रूपमै सीमित रहेका गरी तीनथरी कविहरूका कविता सङ्कलित छन् । यस दृष्टिबाट यो कतिपय स्थापित, कतिपय स्थापितोन्मुख र कतिपय कनिकुथी शब्दविन्यास गर्ने सिकारु कविहरूका कविताको स“गालो हो । यसमा कतिपय यतै कविका रूपमा स्थापित भइसकेका र उता गएर पनि लेखनलाई निरन्तरता दिइरहेका कविताहरू समेटिएका छन् भने कतिपय उतै गएर कविता सिर्जना गरी स्थापित भएका कविहरूका कविता समेटिएका छन् । साथै यसमा कतिपय उता गएर परिचयको सङ्कट, स्वदेश र आफन्तजनको बिछोडको पीडा र तिनको सम्झना, देखासिकी वा अन्य कुनै कारणबाट कवितालेखनतर्पm उन्मुख भएका सिकारु कविहरूका कविता सङ्कलित छन् । यस्ता सिकारु कविहरूले पनि यत्तिमै सीमित नरही आफ्नो सिर्जनालाई निरन्तरता दिए भने पछि गएर ती पनि राम्रै कविका रूपमा दर्ता हुनसक्ने स्थिति देखिन्छ । अझ स्पष्ट रूपमा भन्ने हो भने यसमा कतिपय कवि नै छन् भने कतिपयलाई उताको पीडाले, कतिपयलाई यताको बिछोडले अनि कतिपयलाई अपरिचयको आत्मपीडाले र कतिपयलाई देखासिकी कवि बन्न उत्प्रेरित गरेको देखिन्छ । परिचयको सङ्कटचाहि“ यसमा समाविष्ट सबैजसो कविको साझा विशेषता बन्नपुगेको छ ।
आयामका दृष्टिले हेर्दा यस सङ्ग्रहमा सङ्कलित कतिपय रचनाहरू केही लामो आयामका भए तापनि अधिकांशतः छोटै आयामका छन् र संरचनात्मक दृष्टिले ती सबै प्रगीतात्मक ढाँचामा आबद्ध छन् । प्रस्तुत कविता सङ्ग्रहको शीर्षक घुमाउरो वा प्रतीकात्मक नभएर सोभैm अर्थ दिने खालको छ र यसले सहज रूपमा कृतिको अभीष्टलाई छर्लङ्ग्याएको छ । यस सङ्ग्रहभित्र सङ्कलित रचनाहरूमध्ये सबैजसो सम्बद्ध शीर्षककै परिवृत्तमा घुमेकाले अनि शीर्षक मूलभावस“ग सहजै मेल खाने भएकाले ती सामञ्जस्यमूलक र सार्थक छन् ।
यस सङ्ग्रहका रचनामा विषयवस्तुगत विविधता पाइए पनि सबैजसो कवितामा अभिव्यञ्जित विषयवस्तुको चुरो प्रेम रहेको छ । अझ भनौ“ विषयवस्तु प्रयोगका दृष्टिले युगीन जनजीवनका विविध सन्दर्भ वर्णित यस सङ्ग्रहका कवितामा प्रेमले विशेष महत्व पाएको छ । प्रेमको अभिव्यञ्जना मूलतः जन्मभूमि प्रेम, कर्मभूमि प्रेम र अंशतः मानवीय प्रेमका रूपमा प्रकट भएको देखिन्छ । खासगरी मातृभूमि÷स्वदेशप्रेम सबैजसोका कवितामा विशेष महत्वका साथ प्रस्तुत गरिएको छ । उता बसेर यताको संस्मरण गरिएका कवितामा विविध ढङ्गले स्वदेशप्रति प्रेम र भक्तिभाव दर्साइएको छ । कवितामा कतै व्यङ्ग्य हानिएको छ, कतै आक्रोश पोखिएको छ, कतै नेपालको दुर्दशाको चित्रण गरिएको छ, कतै निरङ्कुशतन्त्रको उछितो काढिएको छ त कतै गणतन्त्रको महिमागान गरिएको छ अनि कतै पूर्वस्मृतिजन्य अनुभूति (nostalgic feeling) प्रस्तुत गरिएको छ । यसरी यस सङ्ग्रहका थुप्रै कवितामा आफ्नो जन्मभूमि नेपालका विविध सन्दर्भ र प्रसङ्गलाई कवितात्मक बान्कीमा उनिएको छ । देश छोडी टाढा बसेर लेखिएका कवितामा जन्मभूमिसम्बन्धी विषयले महत्व पाउनु स्वाभाविकै हो । थुप्रै कवितामा कुनै न कुनै ढङ्गले स्वदेशप्रेमको भावना अभिव्यञ्जित भएको देखिन्छ । यस्ता कवितामा कोरा राष्ट्रप्रेम मात्र नभएर देशमा व्याप्त अविकास, अराजकता, दुर्दशा आदिको चित्रण र त्यसप्रति चिन्तासमेत व्यक्त गरिएको छ । यस दृष्टिबाट हेर्दा यस कृतिलाई डायस्पोराबाट अभिव्यञ्जित राष्ट्रिय कविताको स“गालोका रूपमा लिन सकिन्छ । यस कविता सङ्ग्रहमा सर्वाधिक महत्व पाएको विषयवस्तु देशप्रेमको भावना अभिव्यञ्जित केही कवितांश तल दिइन्छ ः
(१) चाहे देह विदेशमा किन नहोस् टाढा न टाढा अति
आनै देश हु“दो रहेछ मनमा गाढा न गाढा अति
भन्दा हुन् कतिले मलाई नबुझी नेपाल छोडी गयो
देखाउ“m कसरी म भित्र दिलमा सि·ै छ नेपाल यो
(पृ. ४१) ।
(२) बिहान उठ्नेबित्तिकै
ऐना हेरौ“भन्दा
ऐनाभरि देश देखे“
देशभित्र मेरो छाया
मभित्र देशको छाया
(पृ. ९४) ।
(३) जहा“ बसु“ म नेपाली मुटु
धड्किन्छ मभित्र
बोकेर हि“ड्छु यो आ“खाभरि
नेपालको मानचित्र
जहा“ म जन्मे जहा“ म हुर्कें
स्वर्ग हो भन्छु म
सम्झेर कहिले त्यो प्यारो ठाउ“
धरधरी रुन्छु म
(पृ. ६४–६५) ।
(४) मेरो भूमि मेरो सीमा मैले बिर्सेको छैन
बरु मेरो रगत दिन्छु सीमा छोड्ने छैन
हेर सरकार नबोलेको सीमा मिचिदैछ
मन्त्रीहरू बैठक बसी भूमि बेचिदैछ
किन आज मेरो देशको सीमा मिचिदैछ
जातीयता नारा लिई देश भा“डिदैछ
हिमाल, पहाड, तराई आज शक्ति बा“डिदैछ
गृहयुद्ध सल्काउने बीउ रोपिदैछ
नेपाल र नेपालीको पौरख छोपिदैछ
मेरो भूमि मेरो माटो सम्झी मन रुन्छ
यी आ“शुका थोपाभित्र नेपालीत्व हुन्छ ।
(पृ. ३७) ।
देशविकास, राष्ट्रिय अखण्डता, एकता र मेलमिलापको भावनालाई कवितामा यसरी व्यक्त गरिएको छ ः
(१) विविध जातजाति र भाषाको साझा फूलबारी
राष्ट्रियता हाम्रो मुटु हो, एकता हाम्रो छहारी ।
यसैको रक्षा गर्नका खातिर, नेपाली एक भै जुटौं
समृद्ध नेपाल निर्माण गर्न, साहस बोकेर उठौं ।
(पृ. १६०) ।
(२) बरु कचहरीमा
सरकारी कुलोको कुरा गर
स्वस्थ मल र बीउको कुरा गर
घामबाट बिजुली निकाल्ने कुरा गर
हावाबाट मेसिन चलाउने कुरा गर
+ + +
खबरदार ¤
देश बा“डिने वस्तु होइन
स्वस्थ र शान्त समाजका लागि
पश्चिममा खडेरी परे पूर्वले सुधार गर्नुपर्छ
पूर्वमा पहिरो गए पश्चिमले उद्धार गर्नुपर्छ
मधेसको चामल उकालो चढ्नुपर्छ
पहाडको साग ओरालो झर्नुपर्छ ।
(पृ. ५३)
वर्तमान नेपालको दयनीय अवस्थाको चित्रण र नया“ नेपालप्रतिको व्यङ्ग्य यसरी अभिव्यञ्जित छ ः
(१) नेपाल तप्त छ, संतप्त
अँगेनामा पोलेका फलाम जस्तो लाल तप्त
अझ पोलिए हुनसक्छ पग्लिएर छताछुल्ल ।
(पृ. १२९) ।
(३) सोझा निमुखा नेपालीहरूले
सुख पाएका छैनन् कहिल्यै
पीडा कसले बुझ्ने देशको ?
पश्चिममा महाकाली दुखेकै छ
पूर्वमा हरायो सिमाना
मेची पनि लुकेकै छ
गण्डकीको गानो ठीक हुन नपाउ“दै
कर्णालीसमेत दुख्न थालेको छ
कोसीको आक्रमणमा आक्रान्त छन् जनता
पाटी र नेताहरू कुर्सी झगडामा चलिरहेकै छ
अन्त भएन कहिल्यै
बोक्सी लागेको छ राष्ट्रलाई
नेतृत्व दिने धामी पाइएन
+ + +
आमाको काख छोडी
शरणार्थी हुन बाध्य पारेको छ
कस्तो दया लाग्यो तिमीलाई ?
मनमस्तिष्क सबै मारेको छ
कस्तो नया“ नेपालको निर्माण हो यो ?
जतासुकै भत्किन, सड्न, गल्न र बलात्कृत हुन थालेको छ ।
(पृ. ६–७) ।
नेपाली राजनीतिमा व्याप्त विसङ्गति र विकृतिको यथार्थमूलक चित्रण यसरी गरिएको छ ः
(१) गा“सको पनि पैसा आउ“छ रे
बासको पनि पैसा आउ“छ रे
आनै हातमा हुन्छ रे सत्ता
संसद् नचले पनि पाइन्छ रे भत्ता
घरमै बसे पनि
टी.ए.डी.ए. पाइन्छ रे
पुरुष भए पनि
सुत्केरी भत्ता खाइन्छ रे
दिनभरि कमाउ“छु
रातभरि गन्छु
बा म पनि सांसद बन्छु ।
(पृ. १२) ।
(२) त्यसैले देशमा राजतन्त्र, प्रजातन्त्र एवं गणतन्त्र जे आए पनि
सत्तासीनहरू आनो उत्तराधिकारीमा
दुर्योधन नै खोज्दछन्
पाण्डव देख्दैनन् ।
+ + +
हाम्रो सत्ता प्राप्तिको आधार
सदा तरवार, बन्दुक र भय बने
स्वतन्त्र जनमतको आधार बन्न सकेनन्
(पृ. ८१–८२) ।
कवितामा माओवादीको प्रशंसा र निन्दा यसरी गरिएको छ ः
धन्य हो ¤ माओवादी, सुतेकालाई जगायौ,
सात पार्टी समेतको घै“टोमा घाम लगायौ
बिरालोको घा“टीमा घन्टी बा“ध्न पूरा नेपाल ततायौ
क्रान्तिकारी बिगुल फुकी घन्काउनु घन्कायौ
(पृ. ९१) ।
देश पारे घायल माओ र खाओले
विदेसियो त्यसैको घाउले
सेभेन ट्रेनैमा
(पृ. ८३) ।
यस सङ्ग्रहभित्रका कवितामा अभिव्यञ्जित अर्काे विषयवस्तुका रूपमा वर्तमान कर्मभूमि अमेरिकास“ग सम्बद्ध सन्दर्भहरू कतै प्रशंसाका रूपमा त कतै भुक्तमानको चित्रणका रूपमा आएका छन् । तिनमा अमेरिकाप्रेमका साथै त्यहा“ बस्दाका पीडा र भुक्तमानलाई समेत प्रस्तुत गरी अमेरिकाली–नेपाली डायस्पोराको जीवन्त चित्रण पाइन्छ । यस सन्दर्भमा अमेरिकन ड्रिम, अमेरिकी जिन्दगी, आधा मन, घरको सम्झना, डलर, डायस्पोरा शीर्षक कविता विशेष उल्लेख्य छन् । डायस्पोरिक मनस्थितिको चित्रण गरिएका केही कवितांश हेरौ“ ः
(१) कताको गुन्द्रुक कताको मस्यौरा
कताको गुन्यू कताको पछ्यौरा
पाइन्ट र टिसर्ट लगाई कामतिर जाम्
दालभात पकाउन नभ्याए ह्यामबर्गर खाम्
ग्रीन कार्ड आउला नेपाल फर्की जाउ“ला
आसेपासे सबलाई आस छ अमेरिकै ल्याउ“ला
फोनपिच्छे डलरकै आस गर्छन् उता
बिल नति¥यो भोलिपल्ट सडकको बास यता
फर्कि जाउ“m भने डलर कमा छैन
सधै“ यतै बसु“ त मन रमा छैन ।
(पृ. ७८) ।
(२) सपनीमा देखे पनि
एकान्तमा रोए पनि
मुटुुभित्र
चस्स चस्स देश मात्रै दुख्छ
तस्बिर त्यो देशको मेरो
यी नानीभित्र लुक्छ
यो पलको मिलनलाई
सा“चिराखेकी छु
त्यसैले त यो मनलाई
बा“धिराखेकी छु
आधा मन त स्वदेशमै छ
म यहा“ आधा मात्रै बा“चेकी छु ।।
(पृ. ७१) ।
(३) हरिया पातहरू बटुल्दै
हरियो पत्तो हात लाउने धुनमा
मेरो कपाल फुल्यो मन फुलेको छैन
थुक्क जिन्दगी
कहिले त फर्किएर जाउ“m जाउ“m लाग्छ
गएर के गर्नु र
देश आक्रान्त छ विभाजित मनहरूमा
फेरि भोलिपल्ट यतै फर्किएर आउ“m आउ“m लाग्ने हुन्छ ।
(पृ. ७७) ।
(४) होरा हेरी बसेको छु प्यारो देश नगै यहा“
गोरामा बेचिए जस्तो मन रुन्छ प्रवासमा ।
थोरा बनेर पोरामा नाचेको कसरी म छु
डायास्पोरा बनी कोरा खाम–बन्द भरी म छु ।
(पृ. १५५) ।
यस सङ्ग्रहका कतिपय कवितामा नारीहरूका पीडा, निरीहता आदि नारीकेन्द्री कथ्यलाई पनि कविताको विषयवस्तु बनाइएको छ । धेरजसो नारीकवि र केही पुरुष कविका कवितामा यसप्रकारको अभिव्यक्ति पाइन्छ । यिनमा नारीका सबल र दृढ पक्षका साथै पराश्रित र दयनीय अवस्थाको चित्रण पनि गरिएको छ । यससम्बन्धी उदाहरणका रूपमा तलका कवितांशलाई लिनसकिन्छ ः
(१) तोड्नै नसकिने फलामको बन्धनमा
अस्मिता मेरो बाँधियो
बन्धनै बन्धनको काँडे तारमा
अस्तित्व जीवनको मेरो बाँधियो
खुटीमा बा“धिएको पशुसरि
पोतेको अल्झोमा म बाँधिएँ
मङ्गलसूत्रले म कैद भएँ
दाम्लोभैmँ लाग्ने तिलहरीमा म कसिएँ
सिन्दुर, पोते, टीकाको उल्झनमा
जिन्दगीको परिभाषा नै बा“धियो
(पृ. ८६) ।
(२) लठ्ठिनुको आनन्द नै मेरो प्रेम हो
छैनन् मेरा अरू कोही प्रेमी
मस“ग लोग्ने वा
ब्वाय्फ्रेन्ड जस्ता अरि“गाल छैनन्
आनन्दमा छ मेरो जीवन
म तथाकथित लोग्ने र
ब्वाय्फ्रेन्डको झन्झटबाट
मुक्त छु
आनन्द छ मलाई
(पृ. १२१) ।
पैसाको महिमागान र भ्रष्टाचारको चित्रण यसरी गरिएको छ ः
(१) पैसाको मुख कालो छ पैसाले फाट्न पर्दछ
पैसामा पनि सत्ता छ पैसेले युद्ध पार्दछ ।
नियन्त्रण गरे पैसो अमृतैसरिको छ यो
अनियन्त्रित भएरै यो कालभन्दा कठोर भो ।
पैसो बोल्दैन लाटो छ अन्धो यो नेत्रहीन छ
तर शासक पैसो हो यो विनामान्छेहीन छ ।
(पृ. १५८) ।
(२) जागिर खान खुवायो उसले अनेकौंलाई पैसा
जागिरे भएपछि उसले पनि खान थाल्यो अरूबाट पैसा
पैसा पैसा, कतै उसले दियो पैसा, कतै उसले लियो पैसा
+ + +
परम्परा हो, अड्डा अदालतको खान र खुवाउनुपर्छ सबैलाई पैसा
मन्त्री, नेता, उच्चपदस्थ कर्मचारी, सबैले खान्छन् खुवाउ“छन् पैसा
(पृ. २३) ।
मान्छे र कुकुरका बीचमा तुलना गरी मान्छेका नीचता अर्थात् गिर्दाे मानवताको चित्रण कवितामा यसरी गरिएको छ ः
गुनी छस्
इमानी छस्
विष्टा खान्छस् त के भयो ?
निष्ठा छ त“भित्र
विष्टा नखाने मान्छे
निष्ठाविहीन छ
तेरो तुलनामा तुलनाहीन छ
(पृ. १४३) ।
बुढेसकालका दयनीय अवस्थाको चित्रण पनि कतिपय कवितामा पाइन्छ, जस्तै—
बुनिएथे केके सपना
अन्तरालमा छिन्नभिन्न
त्यसै लथालि·
हुर्कायो, बढायो सास्ती अति खाई
अन्तमा छोडी जाने ती सबै ।
+ + +
मानवीय सहाराको यो बेला
यान्त्रिक खटन सुुखद भो
आफन्तको आडभन्दा यहा“
वैरीको हार्दिकता नजिक भो ।
(पृ. १३९) ।
यस सङ्ग्रहभित्रका केही कवितामा यान्त्रिक जीवनको चित्रण पनि पाइन्छ । यससम्बन्धी एउटा कवितांश यस्तो छ ः
यहाँ यौटा छुट्नुले
असङ्ख्य छुट्नुको श्रृङ्खलाको
चरणबद्ध रेलका डिब्बाहरू
बनाइदिन्छन्
मेसिनको अनुशासनमा
नबस्ने हो भने
रेलहरू छुटिरहन्छन् ।
(पृ. २६–२७) ।
यसमा सङ्कलित कतिपय कविताहरू स्वच्छन्दतावादी भावधारामा केन्द्रित छन् । यसखाले कवितामा विभिन्न विषयवस्तुलाई स्वच्छन्द ढङ्गले प्रस्तुत गरी स्वच्छन्दतावादी भावधारालाई समेत प्रश्रय दिइएको छ । यसप्रकारका कवितामा स्वच्छन्द पाराले जीवनका आशा–निराशा आदिलाई प्रस्तुत गरिएको छ । उदाहरणका रूपमा तलका कवितांश हेरौ“ ः
(१) कलकल÷छलछल÷तलतल
मीठो संगीतको ध्वनि जहा“
सुमधर सुललित मधुमासको मीठो धुन जहा“
मानु यो कुनै सुहागरात हो
नवदम्पतीको
(पृ. ६६) ।
(२) उकाली ओराली द्यौराली
गरा, फा“ट र तरेली
अनगिन्ती सुस्केरा र सुसेलीहरूमा
मैले खोजिरहे“ तिमीलाई
(पृ. ७२) ।
(३) रस भर्दै रौं रौं सिरी· गराई
तलाउको पानी मस“ग कपड्डी
खेलेको अनुभव आज ताजा भएर आयो
शान्त झिल तरङ्गित हु“दा
(पृ. १५२) ।
भेदभावरहित ढङ्गले मानवको सेवा गर्ने भावको अभिव्यक्ति (कलिकी चरी ) आपूm विदेशमा बसेर खेप्नुपरेका हन्डर र सास्तीलाई सम्झ“दै आजका युवा पि“ढीलाई विदेश पलायन नहुन आग्रह (माटोको आवाज) एक्काईसौ“ शताब्दीलाई स्वागत (कालजयी), विदेसिएकाहरूबाट आफन्तजनले गर्ने आशा (परदेशीलाई कल्पना दिदीको चिठी), अमेरिकामा मजदुरको कष्टकर जीवनको चित्रण (करपोरेट बकुल्ला), गणतन्त्रको महिमागान (गणतन्त्र नेपाल, नेपालमा गणतन्त्र आयो), अतीतको संस्मरण (सम्झना सिर्जना), मानवीय प्रेमको अभिव्यञ्जना (लगन), निराशाको अभिव्यक्ति (निष्प्राण, रोएर मात्र के गरौ“) आदि युगीन जनजीवनका विविध विषयवस्तुलाई पनि कविताको स्वरूप प्रदान गरिएको छ । गीत–सङ्गीत, नदी–जीवन, उता–यता आदिको तुलना, वर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामालाई शुभकामना, कला र कलाकार अनि कलम र कलमकारका साथै पूर्वज कविहरूको महिमागानका साथै जीवनमा आशाका त्यान्द्राहरू चु“डि“दै गई निराश बन्नपुगेको चित्रण पनि कतिपय कवितामा गरिएको छ । यी सबैको अभिव्यञ्जना धेरजसो सोझै, कतैकतै व्यङ्ग्यात्मक रूपमा अनि कतै स्वच्छन्द ढङ्गले गरिएको पाइन्छ । कतिपय कवितामा पूर्वज कविहरूको सोझो प्रभाव पाइन्छ । यसभित्रको उठ न अब उठ शीर्षक कविता धरणीधर कोइरालाको जागजाग कविताबाट पूरै प्रभावित देखिन्छ ।
यस सङ्ग्रहका कतिपय कवितामा प्रसङ्गवश भावमै समाहित गरी सहभागीको प्रयोग गरिएको देखिए पनि कुनै पनि कविता सहभागीकै परिवृत्तमा केन्द्रित छैनन् । कवितामा परिवेशसूचक समय, स्थान र वातावरण चित्रणको भूमिका पनि महत्वपूर्ण हुन्छ । यसभित्रका कवितामा समयको स्पष्ट उल्लेख नपाइए पनि कविताको कथ्यले ओगटेको सेराफेरोबाटै यसमा वर्णित समय अधिकांशतः वर्तमान दशक रहेको देखिन्छ । यसमा पनि कतिपय रचना तत्कालस“ग र कतिपय केही अगिको समयस“ग सम्बद्ध छन् । ठाउ“ठाउ“ उता र यताका विभिन्न स्थानहरूको उल्लेख पाइने यस सङ्ग्रहका केहीकेही कवितामा सुखद र आनन्ददायी वातावरणको चित्रण पाइए पनि धेरजसोमा दुखद र विरहलाग्दो वातावरणकै चित्रण पाइन्छ । यस सङ्ग्रहका सबैजसो कविताको मूल उद्देश्य वर्तमान युगीन विविध यथार्थको प्रकटीकरण र त्यसमा पनि अमेरिकाली–नेपाली डायस्पोरिक मानसिकताको चित्रण रहेको छ । राष्ट्रप्रेमले विशेष महत्ता पाएको यस सङ्ग्रहका केही कविता तृतीयपुरुष दृष्टिबिन्दुमा र धेरजसो कविता प्रथमपुरुष दृष्टिबिन्दुमा संरचित छन् र तिनमा कुनै न कुनै विचार प्रवाहित भएको देखिन्छ ।
भाषाशैलीय विन्यासका दृष्टिले हेर्दा यस सङ्ग्रहका कवितामा कतै पनि आडम्बरयुक्त भाषिक विन्यास पाइ“दैन । सबैजसो कवितामा सरल, सहज, सुबोध प्रायः शुद्ध नेपाली भाषाको प्रयोग गरिएको छ । यसभित्रका कविताहरू अनावश्यक बिम्ब, प्रतीक, अलङ्कार र मिथको बोझले थिचिएका छैनन् । कतिपयका कविताको भाषामा बनावटीपनको झझल्को पाइए पनि धेरजसो कवितामा सहजतापूर्वक स्वाभाविक भाषाको आयोजन गरिएको छ । यसमा सङ्कलित गीत, गजल र छन्दोबद्ध कविताहरू स्वतः लयात्मक र गेयात्मक गुणयुक्त छन् भने मुक्तछन्दमा संरचित गद्यकविता पनि लयात्मक छन् । कतिपय कवितामा जबर्जस्ती तुकबन्दी गरी कवितालाई लयात्मक तुल्याउने प्रयास गरिएको छ । आनुप्रासिक संयोजन र समानान्तरतायुक्त भाषिक विन्यासले कवितालाई लयात्मक तुल्याउन थप सहयोग पु¥याएको छ । यसमा वाक्यात्मकभन्दा शब्दगत समानान्तरता बढी मात्रामा पाइन्छ । उदाहरणका रूपमा तलका कवितांशलाई लिन सकिन्छ ः
(१) मान्छे,
मान्छे जस्तो भए
मान्छे सायद
मान्छे हुने थियो
तर मान्छे,
मान्छे जस्तै भए पनि
मान्छे सायद
मान्छे हुने थिएन
मान्छे–मान्छे र मान्छे
मान्छेभित्रको मान्छे र मान्छे
फरक छ मान्छे ।
(पृ. १४१) ।
(२) थकित छु
थकित देखेर
थकाइ स्वयं थकित छ
पीडित छु
पीडित देखेर
पीडा स्वयं पीडित छ
त्रसित छु
त्रसित देखेर
त्रास स्वयं त्रस्त छ
रोगी छु
रोगी देखेर
रोग स्वयं रोगी छ
(पृ. १५१) ।
यसरी हेर्दा प्रस्तुत सङ्ग्रह सरल र सुबोध भाषाशैलीमा संरचित लयात्मक गुणयुक्त कविताको स“गालो भएको स्पष्ट देखिन्छ ।
३. उपसंहार
नेपालबाट अमेरिकातिर गई विभिन्न ढङ्गमा बसोबास गरी आनो आजीविका चलाइरहेका नेपाली कविहरूद्वारा सिर्जित कविता स“गालोका रूपमा रहेको उत्तर अमेरिकाका नेपाली कवि र कविता शीर्षक प्रस्तुत कृतिमा विषयवस्तुगत विविधता पाइन्छ । मूलतः राष्ट्रप्रेमको भावना मुखरित यस सङ्ग्रहमा यस भावनाको प्रस्तुति कतै सोभैm र कतै घुमाउरो÷बाङ्गो पाराले गरिएको छ । यसमा देशविकास, राष्ट्रिय अखण्डता, एकता, मेलमिलाप, राष्ट्रको दयनीय अवस्था, राजनीतिका क्षेत्रमा व्याप्त विकृति र विसङ्गति, उताका पीडाको अनुभूति आदि विभिन्न सन्दर्भबाट राष्ट्रप्रेमको भावना प्रकटित छ । साथै यसमा डायस्पोरिक मानसिकताको चित्रण पाइने कवितामा समेत राष्ट्रवादले नै प्रमुख स्थान पाएको छ । यसखाले कतिपय कवितामा अमेरिका प्रेम दर्साइएको पाइए पनि धेरजसोमा कुनै न कुनै ढङ्गले स्वदेशप्रेमकै भावाभिव्यक्ति पाइन्छ । पैसाको महिमा, भ्रष्टाचारको चित्रण, गिर्दाे मानवता, वृद्धावस्थाको दुर्नियति, जीवनको यान्त्रिकता आदि विषयवस्तुले समेत कवितात्मक स्वरूप ग्रहण गरेका छन् । यसका साथै यस सङ्ग्रहका रचनामा आशा–निराशा, विदेशमा खेप्नुपरेका पीडा, स्वच्छन्दतावादी भावधारा आदिको अभिव्यक्ति पनि पाइन्छ । यी विविध खाले विषयवस्तुको प्रस्तुतिमा कतै न कतै परिचयको सङ्कट÷अपरिचयीकृत परिस्थितिले विशेष महत्व पाएको छ । मान्छेले जहा“सुकै बसेर जतिसुकै कमाए पनि अन्ततः ऊ आत्मपहिचान चाहन्छ, यो उसको नैसर्गिक वृत्ति हो । यस खाले सङ्कट स्वदेशमा भन्दा बढी विदेशी भूमिमा रहन्छ । यसप्रकारको डायस्पोरिक मानसिकताको अभिव्यक्ति नै यस सङ्ग्रहका कविताको मूल प्रतिपाद्य हो । वर्तमान युगीन जनजीवनका विविध सन्दर्भलाई प्रायः यथार्थमूलक ढङ्गले विशेषतः प्रथम पुरुषात्मक दृष्टिबिन्दुमा वैचारिक रङ्गका साथ सरल, सहज र सुबोध भाषाशैलीमा प्रस्तुत गरिएको यस सङ्ग्रहलाई उत्तरअमेरिकाली नेपाली डायस्पोराको प्रतिनिधिमूलक कविता सङ्ग्रह मान्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालय
नेपाली केन्द्रीय विभाग
कीर्तिपुर, काठमाडौं