वन-पाखा चौतारीले सँगै बसुँ भन्छ
झरनाका तरेलिले सँगै खसुँ भन्छ
नदि-नाला बगिगए चट्टानलाई चिरी
मुख खोल्दै गुफाहरु सँगै पसुँ भन्छ
पहाडका टारी,खोचले बाटो हेरी रहे
तराइका फाँटले सँगै घुँडा धसुँ भन्छ
जाती, धर्म, पेशा वर्ग बिभेद्लाई छाडी
मादालु र सारंगि नाच्न कम्मर कसुँ भन्छ
माछापुछ्रे,सगरमाथा आसुँ झारी-झारी
फेवातालको मझेरिमा सँगै हासुँ भन्छ