19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल धीरेन्द्र अनुरागी August 14, 2010, 2:33 pm

जिन्दगीमा यति धेरै उतार चढाव देखें

यो जिन्दगी बाँचे पनि जिन्दगी अभाव देखें

रुनु हाँस्नु भन्छन साथी सिक्काका दुइ पाटा

सधै सधै यौटै पाटो आँसुको बहाव देखें

म भित्रको अभिमान मार्छु एक एक गरी

जगतमा सारा मैले बुद्द कै प्रभाव देखें

बाँकी नै छ देख्न उन्को असली अनुहार त

'अनुरागी' आज मैले लाएको नकाब देखें

बिद्रोह त पक्कै हुन्छ आज नभए भोलि

भित्र भित्रै गुम्सियको सारा दबाब देखें

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।