19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शहर र अवयव इन्द्रियहरु

कविता मोती चाम्लिङ August 16, 2010, 3:36 pm

शहर तिम्रो नेत्र ज्योती अद्यावधि ठिकै हो भने

छदम कांचको चस्मा लगाउने रहर किन ।।?

चुच्चे नेप्टे नाकको डाडीलाई सास्ती दिने हो भने,

सदाकांक्षा वांच्दैन त सादा कात्रोले नयन छोप लौ ।।

यसो गर्दा श्मसानको निनादमा संगीत अंकुरिन्थ्यो शायद

रवि भाष्करमा मगन अधरले लोकनिन्दा गाल्थ्यो शायद ।।।

शहर तिमी मानसि विलोलमा विवर्तन देखिएकी छयौ

तिम्रो सन्दिग्द्यतामा मनुष्यहरु संकिर्तन गाउन थाले ।।

सन्नद्ध कलाकारहरु आफनै क्यानभासमा रंग उतार्न लागे

वलवाहूको मन्त्रमुग्धतामा डुवेर आइसिसि टावरै उठाउन लागे ।।

शहर तर तिमी निस्तव्ध भइदियौ, तिम्रो मौनतालाई साँधेर,

सप्तशती गाउदै कायाकल्प छेदनको प्रतिविम्वमा वाउंठिएर,

पुत्ला मलामीको लस्कर अनिश्चित घाटको गन्तव्य खोज्दै,

शोकधून शंखको वदलामा तुरहि, करताल र डम्फु वजाउदै,

खहरे उर्लीएको वहुलठीपनमा साउती र काउकुति दुवै,

उछालिदै अनि मछालिदै महंगो प्रहसनको श्रीगणेशमा,

कतै विभिषिका उभाउंदै, कतै सम्मोहन रसाउदै ,

घिनाघिन र तिनातिन अपसारित संगीत भरिएको ,

रोदनहरुको विभामा सुकिरहेको निशाजल वचाउँदै ,

अलमलमा परेको भत्खरुको संयौ माइल यात्रा जस्तै ,

खै कुन्नि किन फगत स्वांग रचेर कनिरहेछौ शहर । ???

हेन्नेस्सि रोड वानचाई

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।