19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राकेश कार्की August 17, 2010, 4:35 pm
राकेश कार्की
राकेश कार्की

लुकी लुकी चियाउनु पर्दैन अब त

त्यसरी माया कसैले गर्दैन अब त

इमेल मोवाइल छ हाई स्वीटी भन्न

टारबाट बेसी कोही झर्दैन अब त

नयाँ युग कस्तो सबैजना फरवार्ड

लाजले कोही मुस्कान छर्दैन अब त

तुरुन्त डिभोर्स हुन्छ तुरुन्त म्यारीज

प्रेमको लागी कोही नै मर्दैन अब त

मुना मदन औ लैला मजनु बनेर

साँचो मायाले हृदय भर्दैन अब त

लस् एन्जेलस्

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।