खोलाको पानी चौंरीले पिऊंछ त्यो चिसो लेकमा
फूल खेल्दो मन मैंच्यांगले साट्छे गुराँसे रंगमा
धुपीले फ्याँक्छ नमिठो बतास सिरेटो झन् चिसो
खुलेर हाँस्ने मैंच्यांगको मुहार जवानी ननीको
नजरले पोल्ने लेकाली ज्यानलाई मैं चोरुं कसरी
के गाँस्ने थुंगा ऊ फूल्छे ओंठमा बन पाखा फूले झैं
बेशी है झर्यो त्रिशुली गंगा बगरै रेटेर
फुल्याउंदा यो मन न मान्ने भैगो उसैलाई सम्झेर
नदीको छाल झैं अस्थिर यो मन उसलाई के थाहा
के गरी उसलाई देखाउने होला मनको यो चाह
नुवाकोट, हाल: बेल्जियम