त्यो मनसँग यो मन मेरो साटी हेरौं कि ।
तिम्लाई माया गर्छु भनी ढाँटी हेरौं कि ।
चन्द्रमा हौ भन्छन् सबले तिम्लाई हेरेर
मैले पनि तिमीलाई राती हेरौं कि ।
मलाई निल्न खोजे जस्तै किन हेरेको
मलाई निल्न खोज्नेको खै घाँटी हेरौं कि ।
जति माया दिए पनि पुग्दै नपुग्ने
तिम्रो मुटु छ कि छैन छाती हेरौं कि ।
मीठो हुन्छ माया भन्ने भन्छन् सबैले
म पनि त अलिकति चाटी हेरौं कि ।
मान्छेको त जातै यस्तो डाह गर्दछन्
देउताले नि डाह गर्लान् माथि हेरौं कि ।
मलाई दुख्दा तिम्लाई पनि दुख्छ भन्छ्यौ रे
मेरो मुटु अलिकति काटी हेरौं कि ।