18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत शेखर ढुंगेल August 21, 2010, 8:58 pm

जून बाटो जानै छैन

धकेली न देऊ त्यता मलाई

दुःख सुख जे मिल्छ

भोग्ने छू म एक्लै

आशा नै रहेछ दुःखको घर

भत्काई दिए त्यसलाई

बिश्वास रहेछ धोखाको जड

तोड़ी दिए त्यसलाई

जून बाटो .......

रुनु हास्नु नियति हो जीवनको

स्विकार्नु छ त्यसलाई

कोही छैन पूर्ण यहाँ

दोष्न छोड़े आफ्नो भाग्यलाई

जून बाटो.........

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।