14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

दिलको पुकार

कविता ज्ञानेन्द्र गदाल August 21, 2010, 8:07 am

आँखामा अनन्त चाह छ

मुटुमा गहिरो प्यार

तिमी नै भन न प्रीयतम्

म के दिउँ उपहार ।

जून दिउँ कि तिमीलाई शीतलता जूनको

फूल दिउँ कि तिमीलाई कोमलता फूलको

दिन सक्छु हिरा-मोती

या, मायाको जुहार

तिमी नै भन न प्रीयतम्

म के दिउँ उपहार ।

आकाश दिउँ कि तिमीलाई व्यापकता आकाशको

उज्यालो दिउँ कि तिमीलाई अनुभूति प्रकाशको

दिन सक्छु आडम्बरी

या, दिलको पूकार

तिमी नै भन न प्रीयतम्

म के दिउँ उपहार

कोलोराडो, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।