19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल निशान निष्कर्ष August 22, 2010, 12:21 pm

अझ दुःख गर्छु भन्छ बूढो ज्यामी

पैसा र पसिना गन्छ बूढो ज्यामी ।१।

महङ्गीको भीडमा समायोजित हुन

यो उमेरमा सडक खन्छ बूढो ज्यामी ।२।

आफू बाँची अरुलाई बचाउनु पर्दा

अतालिँदै शोक कन्छ बूढो ज्यामी ।३।

पसिनाको गास साह्रै मीठो हुँदा

श्रम गर्न लम्कन्छ बूढो ज्यामी ।४।

शोषक र शोषित वर्गले नै गर्दा

सपनामा मालिक बन्छ बूढो ज्यामी ।५।

गोरखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।