19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल असफल गौतम August 23, 2010, 1:12 pm

भनिदियौ पत्थरको मन हुनेले सालिग्राम खोज्न पर्दैन

हेर! कुन शास्त्र भन्छ फक्रेको फूल ओईलेर झर्दैन

झर्नु झर्यो मर्नु मर्यो चोट पर्नु त पर्यो ठीक छ

कति निच विचार आयो तिम्रो झरेसी बास्ता गर्दैन

माया बाढ्ने सपना छाड्ने दोबाटो मनमै देख्ने फेरी

बाँकी जोवन सँगसँगै कल्पना गर मबाट माया मर्दैन

यदी मलाई जाचॆको भए जनम जनमको तिम्रो कसम

मन दुख्ने वातावरण नै नहुदा सन्देश दुःखको छर्दैन

तिमीले असफल बनाए पनि जिउँला रुदै एकान्तमा

तितो सत्य बुझी राख्नु तिमीसँग अब जंघार तर्दैन

स्याङ्जा, हाल: पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।