19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विनोद रोका August 23, 2010, 9:32 pm

किन सम्झी रहन्छेउ ती बितेका ती पलको

किन चिन्ता दिईरहन्छेउ भोलि पाक्ने फलको

बिती सकेका ती पलहरु अतितमा नै छृटे

भोलिको फलको चिन्तामा यी क्षण पनि बिते

बरु के भैरहेछ मन र शरिरमा धैर्य गरी हेर

अहिलेको यो पल अमृल्य छ नफाल है खेर

जन्मने र मर्ने यो शरिरको हेर रोकिदैन खेल

समतामा नबसे देखि आउँछ जीवनमा भेल

न्युयोर्क

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।