18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत शेखर ढुंगेल August 27, 2010, 7:15 pm

आज मैले धेरै पिएँ

अलि अलि भन्दै पिएँ

करले होइन रहरले

आँशुलाई साक्षी राखी

खुसीलाई बाई बाई भन्दै

आज मैले धेरै पिएँ

न त कुनै खुसी थियो

न त कुनै दुःख नै

पिउने आदत छोड़छू भन्थे

चिसो मुटु हुनेगरी

एकान्तमा एक्लै बसि

फेरी आज मैले धेरै पिएँ

मनको ब्यथा पोखु भने

सुन्ने कोई थिएन

धेरै बिगत थोरै भविष्य सोँचे

एक्लै बोले एक्लै सुने

पत्तै भएन आज

होस रहून्जेल पिएँ

हो आज मैले धेरै पिएँ

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।