19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रविण भट्टराई "प्रयाश" August 27, 2010, 11:18 am

मन्दिर तिर नधाएर हो कि

निश्चल माया नलाएर हो कि

जिन्दगी आज जिन्दगी रहेन

पाउनेको साथ नपाएर हो कि

एकान्तमा हराउ झै लाग्छ

पिरतीको गित नगाएर हो कि

एक्लै एक्लै जिउन विवस छु

आफन्तले नै नचाहेर हो कि

विरहले आज जल्दै छ "प्रयाश"

रातो पानी थोरै नखाएर हो कि !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।