19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म समरको यात्रामा छु

कविता निशान निष्कर्ष August 28, 2010, 9:30 am

त्यो वस्तु अद्भुत होइन

जोबाट सबै त्रसित बनून्,

समय र सन्दर्भमा त्यो महान् हुन्छ

परिवर्तनको संवाहक हो त्यो

त्यसैले म,

समरको यात्रामा छु ।

हरेक पीडा र कुण्ठाको

उत्सर्ग हो त्यो,

हरेक पटकको शान्तिको

निष्कर्ष हो त्यो ।

जो लड्छ युद्घ

त्यसको विजय पक्का छ ।

हेर त इतिहासलाई

को लडेनन् र आफ्नो स्वतन्त्रता खोज्न

मनको चाहना पुरा गर्न,

युद्घ पे्रमको होस् या शान्तिको

या स्वतन्त्रताको ।

त्यसमा युद्घ हेरी

शैली फरक होला, विधि फरक होला

समय र परिस्थिति फरक होला ।

तर पनि

त्यो एकपटक आउँछ

जो परिवर्तनको सम्भावना बोकेर

त्यसमा सामेल भएपछि

हार जीत स्वभावै हो ।

हो,

को चाहन्न र समरमा जीत

को चाहन्न र आफ्नो अस्तित्व,

त्यसैले,

युद्घमा गोली र गठ्ठा नै किन चाहिन्छ र

आवाजको युद्घ, कलमको युद्घ

अनि अन्य, अन्य...!

मलाई पक्का छ

यसपाला म नजिती फर्कन्न

त्यसैले,

मेरो जीतको प्रतीक्षामा बसेर हाँस्नु

म एकदिन जीतको लहरमा हुन्छु

तर यो बेला म,

समरको यात्रामा छु ।

गोरखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।