19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल असीम सागर August 30, 2010, 6:50 am

चितामाथि आगो हुर्र बल्न बॉंकी थियो

लाश मेरी प्रियसीको जल्न बॉंकी थियो।

लगनको साइत अनि चुरा पोते साड़ी

सप्पै भाथ्यो सिन्दुर केवल दल्न बॉंकी थियो।

जतिबेला संगै जिउने मर्ने कसम खाएथ्यौं

त्यति बेला आँप र आरू फल्न बाँकी थियो।

दैव तैंले यो के गरिस् भन्दै रोएँ कति

रूँदा रूँदा शरिर यो गल्न बॉंकी थियो।

ईश्वर भनूँ कसरी म ईश्वर तँलाई मैले

रिसले लात्ती हान्दा मुर्ति ढल्न बॉंकी थियो।

यो असीमलाई साथीभाई आए सम्झाए धन्न

विष या त पेटमा छुरा चल्न बॉंकी थियो।

काठमाण्डौ, हाल: दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।