तिम्ले अब एउटा यस्तो गजल लेख्नुपर्छ
समाजलाई नयाँढङ्गबाट देख्नुपर्छ ।१।
मृत्युवरण गर या त ढाल बनी बस
लुटिएका सीमाहरू तिम्ले छेक्नुपर्छ ।२।
विद्रोहकै बाटो रोज चाहे बन सम्यम
लालीकिरण फुलाउने बिहान टेक्नुपर्छ ।३।
सेतो चोली विधवालाई स्वार्थी नै तोके
अवलाको अश्रुधारा अब थेग्नुपर्छ ।४।
गोरखा