19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल असीम सागर September 3, 2010, 11:51 am

न यहॉं बनाएर जवानी बनिन्छ

न ढुङ्गा जलाएर खरानी बनिन्छ

घाम नै चाहिन्छ प्रभात हुनलाई

न दियो बालेर विहानी बनिन्छ।

तोड़्दैमा यो दिल र छोड़्दैमा कुनै साथ

न मुना मदन झैं कहानी बनिन्छ।

फूलहरू बिझाउँछन्‌ कता भित्रभित्र

बरू काँडा यहॉं लिरानी बनिन्छ।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।