19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हस्त गौतम मृदुल September 3, 2010, 12:08 pm

मुटु रित्याइ माया दिएँ नेटो काटी जानेलाई

तड्पाएर पलपल सपना चोरी लानेलाई

यादमा डुवी रहेँ म आँशुले गह भिजाइ

आखिर थाँग्नामा सुतायौ दुनिया हँसाई

कस्तो मन हो त्यो कलेजी नै चिर्नसक्ने

असैह्य चोट दिएर जीवनभरि पिर्नसक्ने

पर्खाइमा बसी रहेँ म ह्रदयलाइ जलाएर

तर निष्ठुरी गयौ नी खेलौना झैँ खेलाएर

कस्तो निर्दयी त्यो मन माया मारी गयौ

मेरै आफनी भन्दा भन्दै अरुको नै भयौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।