19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल जितेन्द्र मल्ल September 6, 2010, 2:41 pm

तिम्रो मुटु चस्स पारोस्, यस्तो गजल रच्न सकुँ ।

ढुङ्गाले नि आँशु झारोस्, यस्तो गजल रच्न सकुँ ।

आँटे बाँच्न माया विना, घृणा सहुँ कसोरी म,

माया पाली घृणा मारोस्, यस्तो गजल रच्न सकुँ ।

भन्थ्यौ मनको राजा मलाई, सुखी राज्य चाह मेरो,

पीडा तिम्रा यतै सारोस्, यस्तो गजल रच्न सकुँ ।

खेल होइन पिरती यो, जित्नै पर्छ भन्ने छैन ,

बरु मेरै जीत हारोस्, यस्तो गजल रच्न सकुँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।