19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मोतीराम भट्ट September 7, 2010, 11:39 am

न दीने प्रेमको चुम्बन् न मन् खुशी गराऊने ।

वडी निष्ठुर तिमी रैछौ फगत् दिल यो दुखाऊने ।। १।।

यदी हाँस्ने छ मन तिम्रो ता रुनै जान्दछू मैले ।

तिमी चम्काउली विजुली म पानी हूँ पराऊने ।।२।।

लगाई नेत्रमा सुर्मा अलिक् हाँसेर यो बोलिन् ।

बिषालू बाँण् यही भन्छन् मुटूलाई बिझाऊने ।। ३।।

गिलास हाजिर छ श्याम्पिनको खुलोस् वोतल् असल् पैल्हे ।

दुबैको बात् बनोस् बिर्सी कसोरी दिल् बुझाऊने ।।४।।

उठे जोडी अमोल गोली छिचोली चोलीको झोली ।

जरुर ‘भोली दिनेछु भेट्’ भनी तेसै छकाऊने ।।५।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।