19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अन्तिम सन्देश

कविता सरण राई September 9, 2010, 2:31 pm

वाक्य बसिसकेको छ

बोल्न त के

ओठ समेत चल्न सकेन

इशारा गर्ने सामथ्र्य छैन

मुन्टो घुमाउन नसक्ता

नानी आँखाको घुमाएर, हेरेर

आँसु झार्न चाहन्छ होला

जीवनले साथ नदिँदा

आँसु आँखामा जम्न सकेन

आँसु समेत झार्न सकेन

अन्तिम क्षण–अन्तिम बेला

कठैबरा ! बिचरा !!

अन्तिम सन्देश भन्न सकेन ÷बोल्न सकेन

संकेतले पनि व्यक्त गर्न सकेन ...च्च..च्च...

अन्तिम बेला अन्तिम सन्देश छोडन सकेन ।

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।