सच्चाइता अर्कै तर कथा ठुलो हुदो रै'छ यहाँ
सबैलाई आ-आफ्नै ब्याथा ठुलो रै'छ यहाँ
घोडा चढ़यादेखि कोही धुरी चढ्न खोज्नेलाई
रगतको नाता भन्दा प्रथा ठुलो रैछ यहाँ
मुस्किल छ स्वास फेर्न स्वार्थी यो दुनियामा
भाइ भाइ भन्दा जाय ज्याथा ठुलो रै'छ यहाँ
जो जती एक आपसमा तछाड मछाड गरे पनि
खुशी जीवन जिउन निश्चल साथ ठुलो रै'छ यहाँ