19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बोध राज पन्त ‘अनागत’ September 12, 2010, 12:55 pm

कहिले निभ्छ, कहिले बल्छ

यसरी मान्छेको संसार चल्छ ।

आज उठायो कुनै धरोहर

भोली सबेरै कुहिन्छ ढल्छ ।

मायाको छाता र हुरी बतास

छायाले आफ्नै आफैलाई छल्छ ।

आगो र पानी बीचको यात्रा

तातिन्छ भाँडो र आफै गल्छ ।

इच्छाको अन्न, अँंशुको मानी

बसेर जाँतो आफैले दल्छ ।

सुकेको हाँगो यो मृगतृष्णा

फूलैमा खस्छ बिरलै फल्छ ।

मणिग्राम, रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।