कहिले निभ्छ, कहिले बल्छ
यसरी मान्छेको संसार चल्छ ।
आज उठायो कुनै धरोहर
भोली सबेरै कुहिन्छ ढल्छ ।
मायाको छाता र हुरी बतास
छायाले आफ्नै आफैलाई छल्छ ।
आगो र पानी बीचको यात्रा
तातिन्छ भाँडो र आफै गल्छ ।
इच्छाको अन्न, अँंशुको मानी
बसेर जाँतो आफैले दल्छ ।
सुकेको हाँगो यो मृगतृष्णा
फूलैमा खस्छ बिरलै फल्छ ।
मणिग्राम, रुपन्देही