गजल
गजल
नीर याखा
September 14, 2010, 1:36 pm
अरबेको समाचार निको छैन आज
सुत्केरिको पेट भर्न पिठो छैन आज
गाउँ रित्तो, बेंसी रित्तो, भेडीखर्क रित्तो
पंधेरिको पानी पनि मिठो छैन आज
टुक्रिएको सदन अझै जुट्ने सकेत छैन
दाजु भाई सगोलमै ढिको छैन आज
चोक्टी रा`छ चारै तिर मेची महाकाली
असहित, नेपालीको डिको छैन आज
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।