भित्र भित्र मन रुन्छ
हिजो आज बेसरी
मनको व्यथा त्यस्तै नै हो
पोखौं तिमीलाई कसरी ।
खुसी नै छु भन्नु पर्यो
बिदेशमा बसे पनि
हाम्रो भाषा हाम्रो कला
मेरो स्वाभिमानी ।
कर्म हामी गरी रांख्छौं
जहां“ बसे पनि
नेपालको झण्डा प्यारो
जहा“ रहे पनि ।
जन्मभृ्मी मेरो नेपाल
कर्म भृ्मि अमेरिका
कर्म गर्ने मानिसलाई
छैन बार छेका ।
खुसी राजी हुनै पर्छ
साथी संगी आज
विदेशमा बसे पनि
नमानेर लाज ।
अमेरिका