18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत खगेन्द्र पन्धाक लिम्बू September 16, 2010, 6:50 pm

पुरुष:

सेती नदी गढे जस्तो गढ़यौ छातीभित्र

स्त्री :

त्यै नदीको भेल जस्तो बढ्यौ छातीभित्र

संयुक्त :

[सेती नदी गढे जस्तो गढ़यौ छातीभित्र

त्यै नदीको भेल जस्तो बढ्यौ छातीभित्र]

पुरुष:

त्यो मन छुन हिमाल झैँ अग्लिंदैछु म त

कस्तो जून ? रापिलो छ्यौ, पग्लिंदैछु म त

स्त्री :

त्यै भएर भेल जस्तो बढ्यौ छातीभित्र

पुरुष:

सेती नदी गढे जस्तो गढ़यौ छातीभित्र

संयुक्त :

[सेती नदी गढे जस्तो गढ़यौ छातीभित्र

त्यै नदीको भेल जस्तो बढ्यौ छातीभित्र]

स्त्री :

माछापुछ्रे जस्तो माया हेर्दै बसुँ जस्तो

अँगालेर हिउँपहिरो झैं संगै खसुँ जस्तो

पुरुष :

त्यै भएर सेती जस्तो गढ़यौ छातीभित्र

स्त्री:

तिमी भने भेल जस्तै बढ्यौ छातीभित्र

संयुक्त :

[सेती नदी गढे जस्तो गढ़यौ छातीभित्र

त्यै नदीको भेल जस्तो बढ्यौ छातीभित्र]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।