19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दीप दर्शन शाही September 16, 2010, 3:55 pm

कुरै कुराले आकाशका तारा झारेउ कति कति

जन्म—जन्म तिम्रै भनी भर पारेउ कति कति

सपनामा संसार सारा जस्तो थियो मेरै हो कि

जाली तिम्रो वचनले मलाई मारेउ कति कति

सिन्दुरले तिम्रो सिउदो भर्ने दिन पर्खि बसे

भोली भोली भन्दै भन्दै पर सारेउ कति कति

बुवा मुवा सँग गई हात माग कहिलै भनेउ

कहिलै भनेउ मन्दिरमा कुरा टारेउ कति कति

जाजरकोट, हाल: पेनाङ्ग, मलेसिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।