कसरी फुल्न सक्छ हँ कमल सुकिलामुकिला ठाउँमा ? हिलो र फोहर पानीमा फुल्ने कमलहरुले शंका ब्यक्त गरे ।
आफ्नो नाम बेचेर राजधानीमा कसैले राजनीति गर्दै जिविका चलाए जस्तो लाग्यो कमलहरुलाई । त्यसको जाँचबुझ गर्नै पर्ने निधो गरे तिनीहरुले ।
अनुसन्धान कार्य सुरु गरियो ।
– पजेरो गाडी चढ्ने, सत्ताको कुर्सीमा मडारिन रँडाको गर्ने गरेको उनीहरुले थाहा पाए ।
– ठूल्ठूला कक्टेल पार्टीमा ह्वीस्कीको चुस्की लगाउने गरेको उनीहरुले सुने ।
– ‘..............................................।’
सुन्दर भब्य महल भित्र गमक्क फुलेर बसेको आफ्नै आँखाले देखे ।
यहाँका पत्रकारहरु जे पनि लेख्दा रहेछन् । ऊ त कमल होईन ‘पुष्पकमल’ पो रहेछ ! अनुसन्धानमा खटिएका कमलहरुले बाँकी कमलहरुलाई सुनाए ।
ब्रसेल्स, बेल्जियम