19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बाबुराम शर्मा September 18, 2010, 1:20 pm

आकाशका ताराहरु झार्न त म सक्दिन ।

आफै गरीब महलमा सार्न त म सक्दिन ।

यो सफा मनको निष्चल गङ्गामा तरिनौ

त्यो मनको भेलबाट तार्न त म सक्दिन ।

तिम्रो मनमा मेरो तस्बिर सजाउ म भन्दिन

मेरो मनको तिम्रो तस्बिर मार्न त म सक्दिन ।

माया गर या नगर त्यो तिम्रो मनको कुरा हो

मेरो बसमा तिमीलाई पार्न त म सक्दिन ।

आकाशका ताराहरु झार्न त म सक्दिन ।

आफै गरीब महलमा सार्न त म सक्दिन ।

साउथ कोरिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।