19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्थगित कुरा

कविता रुपेश राई September 19, 2010, 5:39 pm

गाउँलाई थाहा छैन

आज विहानै शहरले पढ़ेको खबर।

हिजै सल्हा मिल्यो रे

कुरा स्थगितको। शहरले थाहा पायो।

शहर चियाको चुस्की लिँदै

खबर पढ़ने गर्छ, विशेष गरी आजको।

खबर पढ़ेर शहरले

गाउँतिर हेर्छ, गाउँ साह्रै आदर्शवादी।

गाउँलाई थाहा छैन

आफ्नो खबर...।

गाउँमा खबर बेखबर छ

खबरमा कुरा स्थगित छ...।

किन स्थगित छ? अथाह!!

खबरमा कुरा स्थगित छ

गाउँको सय दिने राज्गार।

खबरमा कुरा स्थगित छ

गाउँको पञ्चायती सहुलियत।

खबरमा कुरा स्थगित छ

गाउँको राजनैतिक स्थिति।

खबरमा कुरा स्थगित छ

गाउँको बञ्चित परम्परा।

खबरमा कुरा स्थगित छ

गाउँको यस्तै अरू के... के... पनि

जो तिमी हामीलाई थाहा हुँदैन

जो तिमी हामीले चालै पाउँदैनौ...!!

कुरा स्थगितको।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।