हामी उभिएको डीलबाट
पछडि नफर्कने
घोषणा गरिरहँदा
जहाँ छौ
त्यहाँबाट कति पर पुग्नेछौ ?
उत्तर आफैभित्र लुकाएर
फेरी प्रश्न दोहो¥याउने
दायित्व हाम्रै हो भने
सुनाइदिनोस्
ती बगैंचातिरका फूलहरूलाई
हामी त्यतै आउने सोचमा प्रतिवद्ध छौ
र,
भ्निदिनोस्
हामी त्यहाँ नपुग्दै
विजयको माला लगाउन सक्नेछौ
फूलहरूलाई पत्तै नदिई
बास्ना पहिरिदन सक्नेछौ ।
त्यतिबेला,
तपाईले बुझ्नुहुनेछ
यो हाम्रो उही छलाङ्ग हो
जहाँ,
रात बाँकी छँदै उज्यालो आयो
एउटा पुरानो क्रमको अन्त्य भयो
एउटा नयाँ क्रमको प्रारम्भ भयो
के तपाई हामीलाई बधाई दिनुहुन्न ?
थानापति–३, नुवाकोट