17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भुपेन्द्र महत September 21, 2010, 7:00 pm

सुन्दैछु ,मेची र काली पनि चेपिएको छ रे

भुत्ते भो कि गोर्खे खुकुरी नै हेपिएको छ रे

कती धितो राख्नु बिचरो छ सगरमाथा नि

धाक नलगाउ भो लाजले सेपिएको छ रे

हात मुख जोर्न शिप शिल्प पलायन भए

बचेँका पेटमा अझै रिन खेपिएको छ रे

शान्तिको कान्ती नि अटेन रे आँखा भित्र हाम्रा

बुध्दको माटो यो रगतले लेपिएको छ रे

दही जमेकी ति ईतिहास रच्ने हात भित्र

दुख्दा दुख्दै सिमा आँफै तिर ढेपिएको छ रे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।