19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल असीम सागर September 22, 2010, 6:09 pm

जोसंग जो फिदा हुन्छ

आफ्नो माया दिँदा हुन्छ।

प्रेम सफल भएन भने

अलिकति पिँदा हुन्छ।

मनै त हो यो मान्छेको

फाट्यो भने सिँदा हुन्छ।

जिउनलाई नै जन्मेका हौ

जो जसरी जिँदा हुन्छ।

यदि घात गर्छ कोही

यहॉं बद्ला लिँदा हुन्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।