१.विषयको उठान
नेपाली साहित्य–समालोचनाका क्षेत्रमा कलम चलाउनेहरूको सङ्ख्या दिनानुदिन बढ्दैछ । सिर्जनात्मक साहित्यका तुलनामा समालोचनात्मक साहित्यको फा“ट त्यति धेरै मलिलो र उर्वर नभए पनि उब्जाउहीनचाहि“ छैन । हाल विभिन्न तहका पाठ्यक्रममा आधारित सस्ता–हल्का सारसुरे पुस्तकहरू प्रशस्त मात्रामा प्रकाशित छन् र तिनका माझमा केही पुस्तकहरू गह्रौं एवं स्तरीय खालका पनि प्रकाशित छन् । खासगरी पाठ्यपुस्तकेतर समालोचनात्मक एवं अनुसन्धानात्मक वृmतिहरू बढी ओजिला र गहकिला देखिन्छन् । यस्तै पाठ्यपुस्तकेतर गह्रौं वृmतिहरूका बीचमा एउटा गहनतम वृmति देखापरको छ, जसको नाम कविता सिद्धान्त र नेपाली कविताको इतिहास हो । यसका लेखक संरचनावादी विद्वान् समालोचक डा. खगेन्द्रप्रसाद लुइटेल हुन् । प्रस्तुत पुस्तक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो ।
दोस्रो पुस्ताका परिश्रमी, लगनशील एवं अध्ययन–अनुसन्धान कार्यमा निरन्तर रूपमा लागिरहेका डा. खगेन्द्रप्रसाद लुइटेलको अध्ययनशील व्यक्तित्वलाई चिनाउने उच्चकोटिको कृतिका रूपमा उभिएको छ, प्रस्तुत अनुसन्धानात्मक समालोचनात्मक कृति । नेपालीमा संरचनावादी समालोचनाको शुभारम्भकर्ता र उन्नयनकर्ताका रूपमा परिचित डा. लुइटेलको यो कृति प्रकाशन हुनुपूर्व दुई दर्जन वृmति प्रकाशन भइसकेका भए पनि प्रस्तुत कृतिको तौल अन्यका दा“जामा सर्वाधिक रहेको मूल्याङ्कन गर्न सकिन्छ । नवीन र वस्तुवादी दृष्टिकोणसहित कविताको सैद्धान्तिक पक्ष र विशद रूपमा नेपाली कविताको इतिहास केलाइएको बहुचर्चित प्रस्तुत वृmतिका बारेमा सङ्क्षेपमा मात्र भए पनि चर्चा गरेर कवितासम्बन्धी अध्ययन गर्ने जिज्ञासु पाठकहरूलाई यसका बारेमा जानकारी दिनु यस लेखको मुख्य ध्येय रहेको छ ।
२. वस्तु छनोट र क्रम
डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित प्रस्तुत वृmति कविता सिद्धान्त र नेपाली कविताको इतिहास गरी मुख्य रूपमा दुई भागमा विभक्त छ । कविता सिद्धान्तअन्तर्गत कविताको परिभाषा शीर्षकभित्र कविताको परिचय, संस्वृmत साहित्यमा कविताको परिभाषा, पश्चिमी साहित्यमा कविताको परिभाषा, नेपाली साहित्यमा कविताको परिभाषा र निष्कर्ष उपशीर्षकहरू रहेका छन् भने कविताको परम्परित वर्गीकरण शीर्षकभित्र पूर्वीय साहित्यमा कविताको वर्गीकरण, पश्चिमी साहित्यमा कविताको वर्गीकरण र निष्कर्ष उपशीर्षकहरू राखिएका छन् । कविताको आधुनिक वर्गीकरण शीर्षकभित्रचाहि“ प्रगीतात्मक कविता, आख्यानात्मक कविता, नाटकीय कविता र निष्कर्ष उपशीर्षकहरू रहेका छन् । प्रस्तुत पुस्तकलाई मौलिकता, नवीनता र उच्चता प्रदान गर्न खासगरी कविताको आधुनिक वर्गीकरण शीर्षकले महत्वपूर्ण भूमिका खेलेको छ । यसरी नै यस पुस्तकको गरिमा बढाउन र मौलिक पहिचान दिलाउनमा कविता संरचनाको पहिचान शीर्षकले विशिष्ट भूमिका पूरा गरेको छ । यस शीर्षकभित्र संरचनाको परिचय र विशेषता, कविता संरचनाको परिचय एवं कविताको विन्यासक्रम गरी तीन उपशीर्षकहरू समेटिएका छन् । यसमा कवितासंरचनाको यान्त्रिक र तार्किक विन्याससम्बन्धी नवीन सिद्धान्त प्रतिपादन गरिएको छ । कवितालाई संरचनावादी दृष्टिले यस रूपमा प्रकाश पारिएको यो नै पहिलो वृmति हो । वृmतिको पा“चौ“ क्रममा कविताका संरचक घटकहरू शीर्षक रहेको छ । परम्परागत रूपमा जसलाई तत्व भनिन्छ त्यसलाई यहा“ संरचक घटक भनिएको छ र यसभित्र वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यास आदि उपशीर्षकहरू राखी तिनलाई सूक्ष्म रूपले परिभाषित गरिएको छ, अथ्र्याइएकोे छ, प्रस्ट पारिएको छ ।
यस पुस्तकको दोस्रो पाटो नेपाली कविताको इतिहासभित्र पनि पहिलोमा जस्तै विभिन्न शीर्षक–उपशीर्षकहरू रहेका छन् । यसको पहिलो शीर्षक नेपाली साहित्यमा कालविभाजनका प्रयासहरू हो । यसअन्तर्गत विषयप्रवेश, नेपाली साहित्यमा कालविभाजनको रेखाङ्कन र उपसंहार ः निष्कर्ष शीर्षकहरू रहेका छन् । एकातिर परम्परागत रूपमा १९७५ देखिको समयलाई नेपाली कविताको आधुनिक काल मानिएको र अर्कातिर यो समय अत्यन्त विवादितसमेत रह“दै आएकोमा ती सबै मतको तर्कयुक्त खण्डन–मण्डन गर्दै यस पुस्तकमा तार्किक, वस्तुगत र वैज्ञानिक ढङ्गले १९७५–१९९१ को समयावधिलाई नेपाली कविताको माध्यमिक कालको उत्तराद्र्ध चरण र १९९१ देखि यताको समयलाई आधुनिक काल भनी सर्वमान्य हुने गरी निर्णयात्मक निष्कर्ष दिइएको छ । प्राथमिक काल र माध्यमिक कालको थालनीका बारेमा भने प्रायः विद्वान्हरूले औंल्याएकै मतलाई यसले पनि स्वीकारेको छ । दोस्रो शीर्षक नेपाली कविताको प्राथमिक कालअन्तर्गत पूर्वार्ध र उत्तरार्ध चरण एवं तिनभित्र विकसित धाराहरू र तत्तत् धाराअन्तर्गत पर्ने कविहरूका प्रवृत्ति र विशेषताका बारेमा विस्तृत चर्चा गरिएको छ र प्रत्येक चरणका अन्त्यमा निष्कर्ष पनि दिइएको छ । यस्तै गरी तेस्रो शीर्षक नेपाली कविताको माध्यमिक काललाई पूर्वार्ध चरण ः शृङ्गारिक धारा (१९४१–१९७४) र उत्तरार्ध चरण ः शास्त्रीयतावादी धारा (१९७५–१९९१) गरी दुई भागमा विभाजन गरेर तिनको प्रवृत्तिगत व्याख्या–विश्लेषण विस्तृत रूपमा गरिएको छ ।
चौथो शीर्षक नेपाली कविताको आधुनिक काल रहेको छ र यसअन्तर्गत विषयप्रवेश, आधुनिकताको परिचय, नेपाली साहित्यमा आधुनिकता, नेपाली कवितामा आधुनिकतासम्बन्धी मतमतान्तर र नेपाली कविताको आधुनिक कालका प्रमुख धाराहरू (स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा र समसामयिक धारा) को विस्तृत व्याख्या गरिएको छ । यस पुस्तकको ज्यादै महत्वपूर्ण पाटो आधुनिकताको तार्किक–वैज्ञानिक व्याख्या–विश्लेषण गर्नु हो र नेपाली कविताको आधुनिक काल १९९१ देखि र समसामयिक धारा २०३६ देखि थालिएको हो भनेर वस्तुगत र वैज्ञानिक ढङ्गले पुष्ट्याइ“ गर्नु हो । यस्तै गरी सन्दर्भ नदिई अरूका मान्यतालाई सारेर आÇनो बनाउन खोज्ने कथित सरौटेहरूलाई यसमा उपयुक्त सन्दर्भ र टिप्पणीसहित नाङ्गेझार पारिएको छ । नामबाटै यो वृmति वmुनै वादविशेषको इतिहास नभएर सिङ्गो नेपाली कविताको इतिहास भएको वmुरा स्पष्ट छ तापनि यसमा निकै सुझबुझका साथ प्रगतिवादीलगायत सबै कित्ताका अत्यधिक कविहरूलाई समेटिएको छ । यथास्थानमा प्रगतिवादी धाराको चर्चा गर्दै कथित प्रगतिवादी समालोचक भनाउ“दाहरूले कहिल्यै कतै उल्लेखै नगरेका र नाम उच्चारण गर्नसमेत नसकेका कविहरूलाई यसमा विशेष महत्वका साथ चर्चा गरिएको छ । पूर्वाग्रह नराखी भन्ने हो भने यसमा जति प्रगतिवादी कविहरूको चर्चा अन्यत्र कतै कसैबाट पनि भएको छैन । यसमा स्वच्छन्दतावाद र प्रगतिवादलाई स“गै जोडेर हेर्नेहरूलाई कडा प्रहार गर्दै यी दुईका बीचमा स्पष्ट विभेद गरिएको छ । सबै पक्ष र प्रवृत्तिलाई समेटिएको यस वृmतिमा प्रगतिवादी धारा छुट्यो, समसामयिक धाराभित्रै यसको चर्चा गरियो भन्नेजस्ता निरर्थक र पूर्वाग्रहीपूर्ण लिंडे तर्कको वmुनै औचित्य छैन । प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित वृmतिप्रति संस्थागत दायित्व रहन्छ भन्ने बुझ्नेले त्यहा“बाटै पूर्वप्रकाशित अन्य वृmतिबारे अभैm मौन रहनु र यसमा चाहि“ यो छुट्यो ऊ छुट्यो भनी आलोचना गर्ने दुष्प्रयास गर्नु आपूmले अर्काका मान्यता विनासन्दर्भ सारेको पोल खुलेपछि आफ्नै गल्ती ढाकछोप गर्ने इष्र्यापूर्ण कार्यभन्दा बढी केही होइन भन्ने वmुरा जोसुकैले पनि सजिलै थाहा पाउ“छ । सा“च्चिकै क्षमता भएको भए अहिलेसम्म वादविशेषमै केन्द्रित भएर वा नभएरै योभन्दा गतिलो वृmति किन नलेखेको र अभैm पनि लेख्नलाई कसैले रोकेको छ र ?
३. सैद्धान्तिक र प्रायोगिक समालोचनाको गहनतम वृmति
प्रस्तुत वृmतिको शीर्षकले नै स्पष्ट रूपमा कविताको सिद्धान्त र इतिहासका बारेमा लेखिएको वृmति हो भन्ने कुरा स्वतः प्रस्ट पारेको छ । कविताको सिद्धान्त खण्डमा पूर्वी, पश्चिमी तथा नेपाली विद्वान्हरूका समेत परिभाषा प्रस्तुत गर्दै विस्तृत र सुस्पष्ट रूपमा कवितालाई परिभाषित गरिएको छ भने इतिहास खण्डमा तार्किक एवं तथ्यपरक किसिमले नेपाली कविताको विकास यात्रामा देखापरेका विभिन्न मतमतान्तरहरूलाई केलाएर वैज्ञानिक आधारमा कालविभाजनको स्पष्ट रेखाङ्कन गरिएको छ र वस्तुवादी ढङ्गले प्रवृत्तिहरू निरूपण गरिएको छ । सर्वप्रथम गहनतम ढङ्गले नेपाली कविताको ऐतिहासिक सर्वेक्षण, विश्लेषण र मूल्याङ्कन गरिएको यस शोधग्रन्थमा आधुनिकतासम्बन्धी विद्यमान भ्रमको अन्त्य गर्दै वस्तुपरक किसिमले पुष्टि गरिएको छ, साथै नेपाली कविताको आधुनिक काल कहिलेदेखि सुरु भएको मान्ने भन्ने सम्बन्धमा उठेका मतमतान्तरहरूलाई समेत तार्किक किसिमले खण्डन–मण्डन गर्दै उपयुक्त तर्कसहितको सर्वमान्य निष्कर्ष पेस गरिएको छ । समग्रमा प्रस्तुत पुस्तक कवितासम्बन्धी सैद्धान्तिक र प्रायोगिक समालोचनाको प्रथम, नवीन र विशिष्ट वृmतिका रूपमा देखापरेको तथ्य पुस्तकको अध्ययनबाट स्वतः छर्लङ्गिन्छ । यो नेपालीकै गहनतम वृmति र गौरवग्रन्थ हो ।
४. कवितासम्बन्धी सिङ्गो, नवीन र प्रामाणिक वृmति
डा. खगेन्द्रप्रसाद लुइटेलको यस पुस्तकमा कविता के हो भन्ने सम्बन्धमा पूर्व, पश्चिम र नेपालका विद्वान्हरूका अभिमतहरूको उल्लेख गर्दै कवितासम्बन्धी परिभाषाहरू विस्तृतमा प्रस्तुत गरिएको छ । यस क्रममा पूर्वीय आचार्यहरूले कविता नै नभने पनि काव्य वा साहित्य भनेका र काव्यको परिभाषाबाटै कविताको पनि परिभाषा निकाल्न सकिने कुराका साथै पाश्चात्य विद्वान्हरूले भने कविता भनी किटान गरेरै यसलाई परिभाषित गरेको कुरा उल्लेख गरिएको छ । परिभाषाका अन्त्यमा आफ्नातर्पmबाट छोटोमिठो ढङ्गले संरचनावादी परिभाषा प्रस्तुत गर्दै त्यसलाई टुक्य्राएर विभिन्न उपशीर्षकमा राखी व्याख्यासमेत गरिएको छ ।
यसमा पूर्वीय र पश्चिमी साहित्यमा कविताको वर्गीकरण केकति प्रकारमा गरिएको छ भनेर विस्तृतमा चर्चा गर्दै अन्त्यमा कविताको आधुनिक वर्गीकरण शीर्षकभित्र कवितालाई प्रगीतात्मक, आख्यानात्मक र नाटकीय गरी तीन किसिमले वर्गीकरण गरिएको छ र यसको मुख्य आधार संरचनालाई बनाइएको छ । पूर्वीय साहित्यमा कवितालाई कति प्रकारमा बा“डिएको छ भन्नेबारे यसपूर्वका वृmतिहरूले एकदुईजना आचार्यका मात्र मत दिने गरेकामा यसमा अत्यधिक विद्वान्हरूका मतलाई प्रस्तुत गरिएको छ । यसका साथै पूर्वीय साहित्य भन्नासाथ संस्वृmतलाई मात्र लिने प्रचलन रहेको अर्थात् संस्वृmत साहित्यको मात्र उदाहरण प्रस्तुत गर्ने गरिएकामा यस पुस्तकमा जापानबाट विकसित हाइकुलाई पनि पूर्वीय साहित्यअन्तर्गत लिइएकोे छ र यसका बारेमा पनि चर्चा गरिएको छ । यस्तै पश्चिमी कविताका प्रकार र स्वरूपका बारेमा पनि विस्तारमा उल्लेख गरिएको छ ।
कविताको संरचना पक्षबारे गहन अध्ययन–अनुसन्धान गरेका लेखक डा. लुइटेलले संरचनाका आधारमा कवितालाई प्रगीतात्मक, आख्यानात्मक र नाटकीय गरी तीन किसिमले वर्गीकरण गरेका छन् । यस वर्गीकरणले कविताको परम्परागत चार प्रकारीय कविता प्रकारलाई तीन प्रकारमा सीमित तुल्याएको छ । पुरानो वर्गीकरणअनुसार लघुतम र लघु भनिने कवितालाई यहा“ प्रगीतात्मक कविताभित्र समेटिएको छ । सत्र अक्षरे (तीन पङ्क्तिका) हाइकुदेखि आख्यानरहित सबै कविताहरू यसैभित्र परेका छन् । यो वर्गीकरण खासगरी पश्चिमी विद्वान् र पश्चिमी साहित्यसमेतलाई दृष्टिगत गरी वर्तमानकालिक आधुनिक–अत्याधुनिक कवितालाई समेत समेट्ने किसिमले वैज्ञानिक रूपमा गरिएको देखिन्छ । यस्तै आख्यानात्मक कविताभित्र परम्परागत रूपमा खण्डकाव्य र महाकाव्य भनिने गरिएका कविताका मझौला र बृहत् रूप तथा खण्डकाव्य समकक्षी आख्यानयुक्त लामा कविता पनि यसैभित्र समेटिएका छन् । अझै अर्को नवीन पक्ष के छ भने संरचनात्मक एवं आख्यानात्मक आधारमा नेपालीका कतिपय खण्डकाव्यहरू खण्डकाव्य भनिए पनि आख्यानात्मक विशेषताको अभावका कारणले ती प्रगीतात्मक कविताभित्र परेका र कतिपय लामा कविताचाहि“ फुटकर कविता भनिए वा मानिए पनि आख्यानात्मक विशेषताका कारणले आख्यानात्मक कविता कित्ताभित्र पर्छन् भनी नया““ प्रकारले कविताको वर्गीकरण गरिएको छ । उपर्युक्त आधुनिक वर्गीकरणअनुसार कविताको तेस्रो प्रकारलाई नाटकीय कविता नामकरण गरी प्रगीतात्मक र आख्यानात्मकदेखि भिन्न प्रकारको कविता भनिएकोे छ र दैनन्दिन जीवनका कार्यव्यापारलाई अभिनयका साथ पात्रद्वारा रङ््गमञ्चमा प्रस्तुत गरिने साहित्यको दृश्य प्रकार भनी परिभाषित कविताको यो प्रकार पनि परम्पराभन्दा पूरै भिन्न रहेको छ र यसलाई लेखकले कवितात्मक रूपमा लेखिएको नाटक नभएर नाटकीय रूपमा लेखिएको कविता भनी व्याख्या गरेका छन् ।
सिद्धान्त खण्डमै लेखक डा.लुइटेलले संरचनाको परिचय दिई कवितासंरचनाबारे पनि स्पष्ट पार्ने काम गरेका छन् र कविताका संरचक घटकका बारेमा पनि सूक्ष्म रूपले व्याख्या गरेका छन् । इतिहास खण्डमा चाहि“ प्रत्येक चरण, चरणभित्रका धारा र तत्तत् धाराभित्र पर्ने मुख्यमुख्य कविहरूका प्रवृत्ति औंंल्याइएको छ । समग्रमा चाहि“ बारसयभन्दा बढी कविहरूलाई समेटिएको छ । यसरी नया““ तरिकाले कविता सिद्धान्त प्रतिपादन गरिएको र पूर्ण रूपमा इतिहास केलाइएको यो नेपालीकै पहिलो विशिष्ट वृmति हो । आधिकारिक संस्थाद्वारा आधिकारिक रूपमा लेख्न लगाइएको र लेखकले गहन अध्ययन–अनुसन्धान गरी स्पष्ट आधारसहित तयार पारेको प्रस्तुत वृmति स्वतः प्रामाणिक बन्नपुगेको छ । यस वmुरालाई उपवmुलपति र प्राज्ञ सदस्यका मन्तव्यले पनि पुष्टि गरेको छ । यसबाहेक लेखकले बीचबीचमा गरेका उद्धरणांश र तिनका सन्दर्भ, पादटिप्पणी एवं विभिन्न स्रोतका सन्दर्भग्रन्थसूचीले पनि यस पुस्तकको आधिकारिकता र प्रामाणिकताको थप पुष्टि भएको छ । लेखकले वृmतिलेखनका आधारहरूबारे गथासो शीर्षकमा स्पष्ट पारेका हु“दा वृmतिको पठन र मूल्याङ्कन सोहीअनुरूप गरिनु पर्छ ।
५. यस पुस्तकका सन्दर्भबाट उब्जिएका केही प्रश्नहरू
अब त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरू तथा उच्चमाध्यमिक शिक्षा परिषद्समेतले नेपाली साहित्य–समालोचनासम्बन्धी पाठ्यक्रम एवं पाठ्यपुस्तक निर्माण गर्दा कविताको कालविभाजन पुरानै ढर्राले गर्ने कि नया“ धारणाका आधारमा गर्ने ? पूर्वाग्रहरहित ढङ्गले कविताको जस्तै अन्य सबै विधाको आधिकारिक सिद्धान्त र इतिहास निर्माण गर्ने कि नगर्ने ? सधै पुरानै डम्फु बजाउने कि विशिष्ट विद्वान्द्वारा लिखित र प्राज्ञिक–शैक्षिक संस्थाबाट प्रकाशित यस किसिमका गहन अनुसन्धानात्मक कार्यबाट नया“नया“ ज्ञानार्जन गर्ने ? अत्याधुनिक सिर्जनाहरूको समालोचना गर्ने सिद्धान्त पनि सोहीअनुरूपको नया“ हुनु आवश्यक छ कि छैन ? नेपालीको वा नेपालीमा साहित्य समालोचनासम्बन्धी मौलिक सिद्धान्त निर्माण गर्न सकिन्छ कि ? सधै प्लेटो, भरतमुनि आदिको नाममात्र रटिरहने हो कि विश्वसाहित्य–समालोचनाका क्षेत्रमा देखिएका नया“नया“ सिद्धान्तलाई पनि नेपालीमा लेख्दै र पाठ्यक्रममा पनि राख्दै जाने हो ? शिक्षकहरूका आÇनाआÇना धारणा वा मान्यताअनुरूप यसो पनि हुन्छ, उसो पनि हुन्छ भन्दै पढाउने परिपाटी रहिरहे यस किसिमको अन्योलबाट भाषासाहित्यका कस्ता जनशक्ति उत्पादन होलान् ? साहित्यका सबै विधाको सिद्धान्त, विकासक्रम र विवेचनबारे पूर्वाग्रहरहित ढङ्गले एकरूपता ल्याउन यस्तै स्तरीय र वस्तुगत वृmति लेखन आवश्यक छ कि छैन ? कसैले गरेका उत्वृmष्ट कार्यलाई भरौटेमार्पmत विषवमन गर्न लगाउने कि स्वीकार्नेेतर्पm लाग्ने ? आदिआदि प्रश्नहरू हाम्रासामु खातका खात छन् । यस्ता राष्ट्रिय रोगको निदान–उपचार छिटै हुनु अत्यावश्यक छ र व्यक्तिगत स्वार्थलाई त्यागेर यस्ता उत्वृmष्ट कार्यको प्रशंसा गर्न सबैले सिक्नु वाञ्छनीय छ ।
६. पुस्तकका महत्वपूर्ण विशेषता
यो पुस्तक कविताकोे सिद्धान्त, नेपाली कविताको इतिहाससम्बन्धी विस्तृतमा लेखिएको पहिलो, सशक्त र मानक वृmति हो ।
यो विधागत इतिहालेखनको प्रथम, आधिकारिक, प्रामाणिक र सिङ्गो अनुसन्धानात्मक मौलिक वृmति हो ।
यसमा कवितासम्बन्धी नया“ सिद्धान्तको प्रतिपादन तथा सैद्धान्तिक मान्यताको व्याख्या–विश्लेषण मनचिन्ते रूपमा नभई वस्तुपरक ढङ्गमा गरिएको छ ।
यसमा विशेषतः कविताको परिभाषा, वर्गीकरण र विश्लेषण नया“ किसिमले गरिएको छ ।
नेपाली कविताको विकासक्रममा देखिएका मतमतान्तरहरूलाई केलाएर तार्किक आधारमा विकासक्रमिक रेखाङ्कन गरिएको छ ।
यसमा आधुनिकताको व्याख्या वैज्ञानिक ढङ्गमा गरी विद्यमान मतमतान्तरको खण्डन–मण्डनका साथ सर्वमान्य निष्कर्ष प्रस्तुत गरिएको छ ।
आधुनिकता र समसामयिकताबारे विद्यमान अन्योललाई समाप्त पारी तिनको नवीन व्याख्या र उपयुक्त समय निर्धारण गरिएको छ ।
यसमा प्रत्येक काल, चरण र धाराका विशेषता, प्रवृत्ति आदिको वस्तुपरक रूपमा निरूपण गरिएको छ ।
प्रत्येक काल वा धाराहरूको चर्चा गरिसकेपछि त्यसको अन्त्यमा निष्कर्ष दिइएकाले पाठककलाई थोरै समयमा सार ग्रहण गर्न सजिलो छ ।
यसमा निष्पक्ष र तटस्थ ढङ्गले प्रगतिवादीलगायत सबै पक्षका अत्यधिक कविहरूलाई समेटेर वृmतिलाई पूर्ण तुल्याइएको छ ।
संरचनाको पहिचान गराई कवितालाई संरचनावादी दृष्टिले हेरिएको यो नेपालीकै पहिलो र विशिष्ट गुरुग्रन्थ तथा आधारग्रन्थ हो ।
भाषिक जञ्जालबाट मुक्त यस वृmतिमा प्रयुक्त भाषाशैली अत्यन्त सरल, सहज र सुबोध छ र यसले वृmतिको गरिमा बढाउन थप मदत पु¥याएको छ ।
यो पुस्तक विद्यार्थी, प्राध्यापक, अनुसन्धाता, कवि एवं कवितासम्बन्धी ज्ञान लिन चाहने जसकसैका लागि पनि पढ्नैपर्ने, उपयोगी एवं अत्यावश्यक छ ।
७. पुछारमा भन्नैपर्ने वmुरा
यो नेपालीको अहिलेसम्मकै सर्वाधिक चर्चित र प्रशंसित वृmति हो । स्पष्ट र वैज्ञानिक दृष्टिकोणका साथ कवितासम्बन्धी सबै पक्षलाई समेटेर विद्वतापूर्ण ढङ्गले पूर्वाग्रहरहित, निष्पक्ष र तटस्थ रूपमा तयार पारिएको यस्तो महत्वपूर्ण वृmति नेपाली साहित्यलाई प्रदान गरेकोमा यसका लेखक डा. खगेन्द्रप्रसाद लुइटेल धन्यवादका पात्र छन् । आफ्नो वैयक्तिक स्वार्थसिद्धिका लागि प्रायोजित ढङ्गले एकाध आलाका“चा ठेट्ना भरौटेहरूलाई हतियार बनाएर यस्तो विशिष्ट वृmतिका विपक्षमा एकालापीय प्रलाप गराउने निरर्थक प्रयत्न कतैकसैबाट हुनु सचेत व्यक्तिका लागि पटक्कै सुहाउने वmुरा होइन र त्यस्ता दुष्कार्यले यस पुस्तकको गरिमा घटाउनुको सट्टा अभिवृद्धि गर्नमै सहयोग पु¥याउ“छ । आजका सचेत पाठकले आफ्नै बुद्धि र विवेकको प्रयोग गर्दा यसमा प्रस्तुत आधुनिकतासम्बन्धी दृष्टिकोण र त्यसको पक्ष–विपक्षमा प्रस्तुत विचारहरूलाई पूर्वाग्रहरहित, वैज्ञानिक र तर्कसङ्गत ढङ्गले गरिएको खण्डन–मण्डन उत्वृmष्ट, आधिकारिक र प्रामाणिक रहेको स्पष्टै देखिन्छ । नेपाली कवितामा लेखनाथबाट आधुनिक काल थालिएको भन्ने वmुनै आधार छैन र अलिकति मात्र पनि आफ्नै बुद्धि र विवेक भएका व्यक्तिले त्यस्तो निरर्थक प्रलापलाई स्वीकार्ने वmुरै आउ“दैन । आधुनिकताको विस्तृत पहिचानका साथ लेखनाथलाई अनाधुनिक वा माध्यमिक कालीन ठहराई देवकोटा, सिद्धिचरण, रिमाल, मिश्र आदिको आगमनपछि १९९१ देखि नेपाली कवितामा आधुनिक काल थालिएको भन्ने डा.लुइटेलको वस्तुवादी र वैज्ञानिक दृष्टिकोणप्रति पर्दापछाडिबाट एकाध भरौटेमार्पmत विषवमन गराउने प्रयत्न नै औचित्यहीन र निरर्थक छ । नेपाली कवितामा देवकोटाहरूबाट आधुनिकता थालिएको भन्ने डा.लुइटेलको दृष्टिकोण वस्तुगत र वैज्ञानिक भएकाले अब सबैले आफ्नो पूर्वाग्रह र निहित स्वार्थलाई त्यागेर यसैलाई स्वीकार्नु पर्छ । वर्तमान विश्व उत्तरआधुनिकतातर्पm अग्रसर भइसक्दा पनि आधुनिकता के हो र कहिले थालियो भन्नेजस्ता वmुरामा रुमलिएर बस्नु उपयुक्त देखि“दैन ।
विभिन्न धारा, प्रवृत्ति र पक्षका दृष्टिले यस वृmतिमा पुराना पुस्ता, नया“ पुस्तालगायत सबै पक्षको उत्तम प्रतिनिधित्व भएको छ । एकजना व्यक्तिको एकल प्रयत्नमा भएको यति गम्भीर र विशिष्ट कार्यप्रति निरर्थक ढङ्गले खोट लगाउने प्रयत्न पूर्वाग्रही, स्वार्थी र नीचवृत्तिका भाटहरूबाहेक अरू कसैलाई पनि सुहाउ“दैन । यसमा वmुनै वmुरा छुटेको भए वास्तविक जानकारीको माग लेखक स्वयंले गथासोमा गरेको हु“दा त्यस्तो जानकारी दिई किताबलाई अझ पूर्ण बनाउनेतर्पm लाग्नु सचेत पाठकको दायित्व हुन्छ । वास्तवमा प्रस्तुत ग्रन्थमा कविताको सिद्धान्त र नेपाली कविताको विकासयात्रालाई नवीन, तर्कसङ्गत एवं वस्तुवादी ढङ्गले शीर्षक–उपशीर्षकहरूमा बा“डेर खुलस्त पार्ने ज्यादै प्रशंसनीय र विशिष्ट काम गरिएको छ । यस्तो महत्वपूर्ण कार्यलाई जोसुकैले पनि विनाआग्रह दिल खोलेर प्रशंसा गर्न सिक्नुपर्छ ।
डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा वैज्ञानिक दृष्टिकोणका साथ लेखिएको प्रस्तुत वृmति नेपालीकै महत्वपूर्ण, विशिष्ट, अतुलनीय, अद्वितीय र गौरवशाली वृmति हो । विशिष्ट विद्वान्द्वारा बेखाबखत मात्र लेखिने यस प्रकारका वृmतिको पठनप्रेरणाले अन्य विधाका पनि विधागत सिद्धान्त र इतिहास लेखन सिङ्गो र वस्तुगत रूपमा हुनसकोस् ।