सजायेर घर भित्र जाँदै न जाने ।
यसै गै गये देखि खाँदै नखाने ।।१।।
असल एक युक्ती छ मौका न चूके ।
कबोल क्यै नराखेर मर्जी नमाने ।।२।।
गरेको छु तनमन धन सब समर्पित ।
मलाई अरु झै गफाहा नठाने ।।३।।
कति मन दुखाई मरेझै छु आफैं ।
यसै तार ताकेर बर्छी नहाने ।।४।।
म टक्राउने छु अरु जो छ ख्वाहिस् ।
उसै फेरि ‘मोती’ न जाँची नछाने ।।५।