19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

धुन

कविता काङ्गमाङ् नरेश October 3, 2010, 1:19 pm

बाँसुरीको धुनलाई पछ्याउँदै

घाम जस्तै क्रमश: डुबेर

साझको धमिलो आकृतिमा

एउटी बैसको थकान

फलैचामा असरल्ल पारेर

भुसुक्क निधाउँछे

धुनै धुनमा बिरक्तिएर

सपनाको पहाड चड्दै

हिमालको टाउको माथि

नाङ्गो खुट्टाले उभिएर

उ चन्द्रमा टिप्छे

ताराहरु टिप्छे

नयाँ नयाँ ग्रहहरु देख्छे

रोजेर घामलाई टिप्न भनि हात अघि बढाउँछे

घामले पिल्सिन्ने गरि पोलेपछि

उ भन्छे

आत्था

यो त साँच्चै

नयाँ नेपाल जस्तै

तातो रहेछ !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।