जिन्दगीमा धेरै पाए एउटै कुरा पाइन मैले
आकाशको तारा दिन्छु बाचा कसम खाइन मैले
आसुँ देख्दा दुखेकै हुँ, मनभित्र लुकेकै हुँ
तिमै रुप यस्तो उस्तो कहिल्यै गाइन मैले
जे छु ठिकै छु भन्ने लागिरह्यो मलाई
एउटा मनको रोजाई कवै खोस्न चाहिन मैले
सपना र यथार्थ फरक फरक पाटा हुन्
महलमा सजाउँछु भन्दै झुक्याइन मैले
लाग्छ कति कुरा नभन्दैमा मिठो लाग्छ
बगैँचाको मन परेको फूल चलाइन मैले ।
हेटौँडा, मकवानपुर