बिजया दशमी आयो बर्षै पिच्छे आए जस्तो
शुभकामना दिने रहर भयो चाहेर नै आए जस्तो ।
माया ममताको आशामा मान्यजनको खोजी गर्दै
बेलाभयो घरआँगन धाउने बर्षै पिच्छे धाए जस्तो ।
रातो टिका पहेंलो जमरा निधार र कपालमा लगाएर
खुशी हुँदै सँगै बसी मासु-चिउरा, दही-केरा खाए जस्तो
घुमिफिरी पारिवारिक मिलनको मौका आयो
शुभकामनाको नवीकरण गर्न वर्षै पिच्छे पाए जस्तो
शुभकामना मेरा मान्यजनहरुलाई सधैं सधैं
मुरीमुरी आशिष बाँकी सवैलाई धेरै माया लाए जस्तो ।
न्यूयोर्क