19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सीता शर्मा "उपासना" October 7, 2010, 6:34 pm

दिनहरु ती सुमधुर थिए

रमझम रमझम एकसुर थिए ।

प्रकृतिसंग लुकामारी खेल्ने

ढुकुरमा स्वर कुरकुर थिए ।

क्या थियो है त्यो जवानी

खुशीका तरंग भरपुर थिए ।

समयको स्वर्णिम घेराभित्र

प्रत्येक पल कोहीनुर थिए ।

रेडियोनेपाल, सिंहदरबार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।