19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पोस्टर

कविता आनन्दराम पौडेल October 7, 2010, 6:41 pm

बस्तीभरी

टाँसिएका छन् पोस्टर

पोस्टरमा छ

ङीच्च दाँत देखाएर हाँसिरहेको

नेताको फोटो

ढाकछोप गर्दागर्दै

छोपिन नसकेको कुटीलता

र जतनसँग ढाकिएको आडम्बर

छेउकुनाबाट चियाइरहेको छ।

हजूरआमाले नियालेर हेरिन्

प्रस्ट देखिन् तीखा बङ्गारा

यस्ले केही चपाइरहेको छ

हाम्रो सपना

हाम्रो जीवन

र एउटा सिङगो राष्ट्र ।

कहाँ लगेर जोगाउने होला

नातीनातिनाको भविष्य

सोचमग्न भइन् हजूरआमा

र आँसु पुछिन्।

[email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।