17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत चर्चित ढुंगेल October 10, 2010, 8:33 pm

राती भयो सुत अब मेरै सपना देख

भोलि बिहान उठेपछि मलाई चिठी लेख

म नहुँदा गिज्याउँछ कि तिमीलाई बतासले

म नहुँदा बिझाउँछ कि तिमीलाई कपासले

बिपनामा नभेटे नि सपनामा भेट

भोलि बिहान उठेपछि मलाई चिठी लेख

मेरै जस्तो तिम्रो मन नि भाको छ कि उदास

छोडे जस्तो लाग्दैछ कि फूलले दिन सुबाश

आउ तिमी यतै आउ यो दुरीलाई मेट

भोलि बिहान उठेपछि मलाई चिठी लेख

दोहा, कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।