19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दीप दर्शन शाही October 10, 2010, 12:37 pm

फिर्ता पठाँऊ औठी चिनो छुटि सके पछि

नजर बाटै मेरो तस्विर टुटि सके पछि

सगरका तारा झार्ने माया छ भन्थे म

मेरो सारा खुशी सबै भुटि सके पछि

छाडि देऊ सम्झना मारी देऊ माया

तिमी अन्तै घर जाम जुटि सके पछि

के नै छ र बाँकि अब हाम्रो समन्धको

सपनाको संसार सबै लुटि सके पछि

आशा छैन अब दुई किनारको मिलन हुने

विश्वास घात भन्दा माथि उठि सके पछि

जाजरकोट,हालः पेनाङ्ग, मलेसिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।