19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रिपेरिङ जिन्दगीको

कविता रुपेश राई October 11, 2010, 11:36 am

कलाले सायद

सृजन गरेका,

कल्कलाउँदा जिन्दगीहरू,

स्तनपान भूलेर

‘सेरलेक्स’ चुसिरहेछन् ।

यूरिया डेफीले हलक्कै बढ़ेका

‘लेक्टोजन वेवी’हरू

ब्ल्याकमा तेल हालिरहेछन् ।

मृत्यु बाँचेका जिन्दगीहरू

‘बगड़ा’, ‘अलुवा’ जोह नगरेर

तम्सिन्दै प्रतियोगिताहरू

हवा चुस्न थालिरहेछन् ।

पुन: स्केनिङ जाँच,

कम्प्यूटर ‘कारबेटर’ खोतलिरहेछ

‘फिटर’ ग्यारेजमा ।

अथाह,

‘रिपेरिङ जिन्दगी’को लागी परेर

फेसन गोटीमा,

आरोह~औरोह

जिन्दगीको सेल्प नलाग्दा,

पार्टसहरू घुमाउन

छाड़ेछन् ‘डायनामा’ले ।

अन्वरत, कम्पनिका ‘ब्राण्ड वाहन’

ब्ल्याकका तेल गोटीले...

अथाह, ‘रिपेरिङ जिन्दगीको’

भइदिएछ मुल्य ‘पत्रू’ को ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।