14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

प्रतिष्ठाको मूल्य

कथा राजेश विद्रोही October 11, 2010, 6:55 am

सुधी पाठकवृन्द !

यो कथा कुलीन र सम्भ्रान्त परिवारमा जन्मिन पुगेकी एउटी किशोरीको हो । उसको नाम निकिता हो । उसको जीवनलाई प्रभावित बनाउने अन्य पात्रहरु पनि यस कथामा छन् । तपाईंहरुलाई लाग्ला पात्रहरु त केवल कथाकारका कठपुतली हुन् । त्यसैले यस कथामा कुनै सत्यता छैन र असत्य कथा पढ्नुको कुनै अर्थ पनि छैन । तर त्यसो होइन । निकितासँगै यस कथाका सबै पात्र स्वतन्त्र छन् । म कथाकार त केवल उसको दिनचर्याको हरेक क्षणमा साक्षी बनेर उपस्थित छु । कतिपय अवस्थामा कथाले असत्यताको दोष बोक्नुपर्ने डर भए पनि निकिताबाट आफूले चाहेजस्तो गराउन मैले नचाहेको पनि होइन । तर अहँ यसका लागि निकिता तयार भइन । मेरो लेखकीय धर्ममाथि औंला ठड्याउँदै ऊ स्वतन्त्र बगिरही । त्यसैले पाठकवृन्द ! यस कथाका कुनै पनि पात्रमाथि मैले हस्तक्षेप गरेको छैन । यतिचाहिँ सत्य हो मैले निकिताको मनोविज्ञानलाई बुझेको छु त्यसैले उसप्रति मेरो सहानुभूति छ ।

कथा जन्मदिनको समारोहबाट सुरु हुन्छ । निकिताले एक्काईसौं वर्षमा प्रवेश गरेको अवसरमा महानगरको कुनै महङ्गो पाँचतारे होटलामा आयोजित समारोहमा म पनि सहभागी थिएँ ।

आपुना मन मिल्ने साथीहरुमाझ घेरिएर रमाइरहेकी ऊ असाध्यै पुलकित थिई । कलेजी रङको कुर्था-सुरुवालमा ऊ निकै राम्री र आकर्षक दखिएकी थिई । एउटीले जिस्क्याई ुयसपाली त विहे पनि गर्ने होला नि †ु निकिताको गालामा लाली चढ्यो । उसले लजाएर टाउको निहुर् याई । विवाहको कुराले उसको मनलाई तरङ्गित बनाएको थियो । त्यसैले त ऊ निकै बेरसम्म कल्पनाको संसारमा हराउन पुगेकी थिई ।

यस्तै वातावरणमा समारोह समापन भएको थियो । तर उसको मनबाट विहेको कल्पनाले ठाउँ छोडेको थिएन । घरमा पुगेर उसले निदाउने प्रयास धेरै गरी आँखाहरुले बन्द हुनै मानेनन् । उसको कल्पनामा विभिन्न थरीका दृश्यहरु उपस्थित हुन थाले । दृश्यहरुको शृङ्खलामा विवाहका दृश्यहरु पनि जोडिन्थे । उसको दुलहाको रुपमा एउटा शालीन र भद्र युवा उपस्थित हुन्थ्यो । उसका नरम हातहरुलाई स्पर्श गर्दै त्यो युवकको हात निकिताको घुम्टो उघार्न पुग्थ्यो । घुम्टोभित्रबाट निकिताको अबोध अनुहारले यसरी चिहाउँथ्यो मानौं-हावाको झोंक्काले बादलको पर्दालाई हटाइदिँदा चन्द्रमाले चिहाएको होस् । यो कल्पना मात्रले पनि निकिताको मनमा काउकुती लाग्थ्यो । उसको छातीभित्र एउटा मीठो भावना सल्बलाउँथ्यो र ऊ आफैं मक्ख पर्थी । कल्पना गर्दागर्दै कतिबेला बिहान भयो उसले पत्तै पाइन । एउटा कुरा स्पष्ट बुझ्न सकिन्थ्यो ऊ धेरै फेरिएकी थिई ।

यसैबीच एमबीबीएस गर्न एक दिन उसले नेपालको भूमि छोडी । बीचमा त्यसै बितेका पाँच वर्षको यस कथामा कुनै महत्व छैन । त्यसैले त्यो महत्वहीन समयका घटनाहरुलाई उल्लेख गरेर म पाठकहरुको अमूल्य समयलाई खेर पाल्न चाहन्नँ ।

एमबीबीएसको कोर्ष पूरा गरेर पाँच वर्षपछि निकिता नेपाल आई । त्यही समयबाट कथाको महत्वपूर्ण भाग सुरु भयो । निकिता बेलायतबाट फर्कि्रएको केही दिनमै एक साँझ उसकी आमाले लोग्नेसँग छोरीको विहेको कुरा चलाइन् ।

-ुतिमीले ठीक भन्यौ अब छोरीको विहे गर्ने उपयुक्त बेला भएको छ ।ु यो उसको बुबाको जवाफ थियो ।

यो वार्तालाप निकिताले पनि सुनेकी थिई । चाँडै नै आपुनो विवाह हुने कल्पनाले उ रोमािाचत भई । उसले एमबीबीएस त सकेकी थिई तर ुप्राक्टिसु सुरु गरेकी थिइन । उसले विवाहअघि केही पनि नगर्ने योजना बनाई तर त्यो घरमा फेरि उसको विवाहको कुरा सेलायो ।

एक दिन निकितालाई भेट्न नम्रता उसकै घरमा आई । उसले साथमा आफना छोरा पनि ल्याएकी थिई । निकिता र नम्रताले आईएस्सी सँगै पढेका थिए । दुवैबीच निकैबेर कुराकानी भयो । दुवैले क्याम्पसका रमाइला दिनहरु सम्झिए । नम्रता उठी र जाँदाजाँदै थपी "तेरोचाहिँ कैले विहे गर्ने नि चाँडै गरिहाल् है बैंश गएपछि गरेको विहेको कुनै अर्थ हुँदैन ।"

जाँदाजाँदै नम्रताले भनेको यस अन्तिम वाक्यले निकिताको हृदयमा नराम्रोसँग प्रहार गरेको थियो । ऊ दगुरेर पूर्ण कदको ऐनाअगाडि पुगी । ऐनामा आफ्नो अनुहार हेरेर ऊ थरर्र काँपी । उसलाई आफ्नो गालाको लाली उडेको आभाष भयो । निधारमा मसिना धसा्रहरु देखी । उसलाई लायो ती धसा्रहरु बुढ्यौलीका रेखा हुन् । कोठा थुनेर ऊ धेरै बेरसम्म रोइरही ।

दिनहरु यसरी नै बितिरहेका थिए । उसले सत्ताईसौं बसन्त पनि पूरा गरिसकेकी थिई तर उसको विवाहको कुनै चर्चा थिएन । ऊ माथ्लो तलाको भुयालमा बस्थी र सडकमा ओहोरदोहोर गर्ने केटाहरुलाई हेर्थी । दिनमा देखिएका तिनै केटाहरुमध्ये केहीलाई आपुनो कल्पनामा निम्त्याउँथी रमाइलो अनुभव गर्थी । फेरि रुन्थी सिरानीमा अनुहार लुकाएर रातभरि रोइरहन्थी ।

निकिताकी आमाले एक साँझ फेरि कोट्याइन् 'निकिता हाम्री एक्ली छोरी हो । उमेर गइसक्यो कहिले विहे गर्ने ?'

-'एक्ली छोरी हो र त भनेजस्तो ज्वाइँ खोज्दैछु ।' उसको बुबाले कुरा टुङ्ग्याउन खोजेका थिए तर आमाले छोडिनन् । बुबा झोक्किएँ 'उमेर गइसक्यो भनेर के सडकको कुनै पनि केटा टिपेर म आफ्नो ज्वाइँ बनाउँ मेरो पनि यस शहरमा एउटा इमेज छ प्रेष्टिज छ ।'

-'अरु कुरा म केही पनि सुन्न चाहन्नँ । दामोदर बाजेलाई भनेर भोलि एउटा केटालाई बोलाएको छु । तपाईं पनि बस्नुस् ।' आमाले भनिन् । कुलीनवर्गीय अहम्ले नदिए पनि उसको बुबाको केही लागेन उनी बसे । तर उनी सजिलै कहाँ मान्थे र सबैले मन पराए तर निकिताको बुबालाई केटा मन परेन । त्यसैले कुरा सकियो ।

मलाई त लागेको थियो यहाँनेर कथालाई अलिकति आधुनिक बनाइदिउष । निकिता एक्काईसौं शताब्दीकी शिक्षित नारी थिई । त्यसैले उसको जीवनको निर्णय अरु कसैले गरिरहँदा पनि उसले चुपचाप सहेर बस्नु अस्वाभाविक लागिरहेको थियो । मैले सोँचेको थिएँ कथालाई स्वाभाविक बनाउन निकितालाई विद्रोह गर्न लगाउँु । तर उच्चवर्गीय परिवारको सँस्कारको बोझबाट थिचिएकी निकिता त्यसो गर्न तयार थिइन । त्यसैले कथालाई स्वाभाविक बनाउने निहुँमा पात्रमाथि नै हस्तक्षेप गर्न मैले चाहिनँ ।

निकिताको दिनचर्या फेरि पुरानै ढंगबाट बित्न थाल्यो । आमाको चिन्ता पनि बढ्न थालेको थियो । आफन्तहरुले थुप्रै केटाहरुको कुरा चलाए । कसैको शिक्षामा खोट थियो कसैको खानदान ठीक थिएन र कसैको कूल नै योग्य थिएन । निकिताको जीवनको निर्णय अरुले नै आ-आपुनो ढंगले गरे ।

यस्तैमा एक दिन घरेलु कामदारको रुपमा वीरबहादुरले त्यस घरमा प्रवेश गर् यो । त्यस घरमा काम गर्ने केटी केही दिनअघि पोइल गएकीले वीरबहादुरलाई ल्याइएको थियो । २४/२५ वर्षको लक्का जवान उसको शरीर पनि खाइलाग्दो थियो । दिनभरि अह्राइएको काम गर्नु र बेलुका भएपछि टन्न रक्सी खाएर संसारबाट बेखबर हुनु उसको दिनचर्या थियो ।

वीरबहादुरको आगमनसँगै निकिताको अनुहार उज्यालो भयो । अब निकिताको धेरै समय उसकै वरिपरि बित्न थालेको थियो । वीरबहादुरको नजिक पर्दा उसलाई मीठो अनुभूति हुन्थ्यो भित्र कताकता काउकुती लागेजस्तो हुन्थ्यो । निकिताले बिस्तारै भुयालमा बस्न झाडेकी थिई । ऊ विभिन्न बहाना बनाएर वीरबहादुरलाई आपुनो छेउमा बसाउन खोज्थी उसको शरीरमा स्पर्श गर्ने प्रयास गर्थी ।

-'वीर ! एक गिलास चिसो पानी लिएर आऊ न ।' निकिताले एक दिन अह्राई ।

-'पख्नुस् है यति नङ काटेर गइहाल्छु ।' वीरबहादुर नङ काट्दै थियो ।

-'पहिले पानी लिएर आऊ न अनि नङ काट्नू ।' निकिताले हाफ पाइण्ट लगाएको वीरबहादुरको नाङ्गो तिघ्रामा चिमोटी ।

वीरबहादुर पानी लिन गयो । निकिता सिरानीलाई बेस्सरी च्यापेर ओछ्यानमा लडीबुडी गर्न थाली । ऊ रोमािचत भई भित्र कता-कता काउकुती लागेजस्तो अनुभूति गरी ।

त्यसो त वीरबहादुरलाई पनि केही नभएको त कहाँ हो र यही हुनु ले त कथालाई प्रभावित बनायो । एक रात निकिता हराई वीरबहादुर पनि देखिएन । त्यसपछि धेरैले धेरै थरी अड्कल काटे । मलाई भने यसपछिको घटनाक्रम पनि राम्ररी थाहा छ तर यस कथामा पछिल्लो घटनाचक्रको कुनै महत्व छैन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।