19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

घर-४

कविता केवलचन्द्र लामा October 13, 2010, 11:44 am

अविवाहित घरको चकमन्नले

आमाको आँखामा टाँगिदिन्छ

बेकारी छोरोको सपनाको आकाश।

सपनाको आकाशमा

बुहारीलाई जूनको टीको लाइदिन्छिन् आमा।

सपनाको आकाशमा

नातिनीको जामामा तारामण्डल टाँसिदिन्छिन् आमा।

सपनाको आकाशलाई

नयाँ नयाँ प्याटर्न हालेर

ऊनीको सुइटर बुनिदिन्छिन् आमा

र लामोसुस्केराले सोध्छिन् आफैलाई

कहिले जाने होला

सपनाबाट यो हिउँद।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।